पीएसएलः कराँचीको खेलले लाहोरको भाग्य निर्धारण गर्ने

काठमाडौं, २६ फागुन । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्सको बाँकि २ खेलको नतिजा लाहोर कलन्दर्सको लागि पनि महत्वपूर्ण हुने भएको छ ।

स्टार लेगस्पीनर सन्दीप लामिछानेको टोली लाहोरले शनिबार भएको खेल इस्लामावाद युनाइटेडसँग ४९ रनले हारेपछि लाहोरले प्लेअफमा स्थान बनाउने मौका पातलिएको हो ।

हालसम्म कराँचीले ८ खेलमा ८ अंक जोडिसकेको छ भने लाहोरले ९ खेलमा ६ अंक मात्र जोड्न सकेको छ । कराँचीले दुईमध्ये एकमात्र खेल जितेपनि लाहोर प्रतियोगिताबाट बाहिरिने छ भने कराँचीले दुबै खेल हारेपनि लाहोरले आफ्नो अन्तिम खेलमा मुल्तान शुल्तानलाई हराउनु पर्नेछ ।

लगातार पराजित भएको लाहोरले सहजै प्लेअफ स्थान बनाउने मौका गुमाउँदै प्रतियोगिताबाटै बाहिरिने संघारमा पुगेको हो ।

कराँचीले अबको दुई खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको क्वेट्टा ग्लाडियडर्स र पेशावर जाल्मीसँग खेल्नुपर्ने भएकोले लाहोरको प्लेअफको सम्भावना बलियो नै देखिएको छ ।

लाहोरको समूह चरणको अन्तिम खेल सोमबार दिउँसो २ः४५ मा हुने तालिका रहेको छ ।

सन्दीपले हालसम्म पीएसएलमा ६ खेल खेल्दै ११ विकेट लिइ धेरै विकेट लिने बलरको सूचीमा चौथो स्थानमा रहेका छन् ।

 

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको

सोसल मिडियामा चम्किए विराट कोहली

एजेन्सी । भारतीय क्रिकेटरहरु खेलाडीमा मात्र सिमित नभएर सेलिब्रेटीको हैसियतमा हुने गरेका छन् । ठुलो जनसंख्या भएको भारतमा क्रिकेटरहरुको फ्यान फलोइङ

क्यान्सर रोगका कारण क्रिकेटर आसिफकी दुई वर्षिय छोरीको मृत्यु

एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ । उनको दुई वर्षिय छोरी

सीपीएलमा सन्दीप लामिछानेले पुरानै टिमबाट खेल्ने सम्भावना

काठमाडौं, ५ जेठ । स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई सेन्ट  किट्स एण्ड नेभिस पेट्रियोट्सले ‘रिटेन’ गर्ने सम्भावना रहेको थाहा भएको छ