आज रौतहटमा केपी, पीके र सीके एउटै मंचबाट बोल्दै

काठमाडौं ।  प्रधानमन्त्री केपीशर्मा ओली,नेकपा अध्यक्ष पुष्पकमल दाहाल र शुक्रबार मात्रै बिखण्डनवादी मार्ग परित्याग गरेका सीके राउतले आज अपरान्ह रौतहटको गरुडामा एक राजनीतिक सभालाई सम्बोधन गर्ने भएका छन् ।

नेकपाको प्रदेश दुइ इकाईले आयोजना गरेको सो सभालाई सम्वोधन गर्दा राउतले सरकारसँग भएको सहमतिका बारेमा व्याख्या गर्दै आफ्नो फेरिएको भुमिकाबारे खुलासा गर्ने बुझिएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले पनि राउतलाई विखण्डनकारी मार्गबाट शान्तिपुर्ण राजनीतिक मार्गमा प्रवेश गराएको जश बटुल्ने किसिमको मन्तव्य दिने बुझिएको छ । राउतसँगको सहमतिबारे सुँइको समेत नपाई अचानक शुक्रबार बिहानमात्र जानकारी पाएका चतुर राजनीतिक खेलाडि मानिएका दाहाल पनि सभाका अर्का महत्वपुर्ण वक्ता हुनेछन् ।

 तीनमहिना अघि सरकारले सीके राउतलाई जहाँबाट पक्राउ गरेको थियो,त्यहीँ आज सरकार प्रमुख र राउतले सार्वजनिक सभामा एउटै मंचबाट भाषण गर्नेछन् । 

 सरकारले पछिल्लो समय गत मङ्सिर २० गते राउतलाई रौतहटबाट पक्राउ गरेको थियो । देश टुक्र्याउने खेल र ध्वंसात्मक गतिविधि गरेको अभियोग लागेका राउत रातारात सरकारसँग आश्चर्यजनक शैलीमा सहमतिमा आएपछि तत्कालै तराईको निकै महत्वपूर्ण क्षेत्र रौतहटमा सार्वजनिक सभालाई प्रधानमन्त्रीसँगै सम्बोधन गर्दैछन् ।

उनले सम्भवत लोकतान्त्रिक विधि र शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्न तयार रहेको उद्घोष गर्दै अब आफ्ना समर्थक र पृष्ठभूमिमा योगदान गर्दै आएका मित्रहरुलाई सरकारसँग सहमति गर्नुपर्नाको कारणबारे व्याख्यासहित प्रष्ट पार्ने छन् । यो सहमतिले सरकारलाई राजनीतिक सफलता मिलेको महसुस भैरहेको विश्लेषण गर्न थालिएको छ भने राउतले चैं कसरी यसलाई उपलव्धिको रुपमा व्याख्या गर्नेछन्,त्यो भने रौतहटको सभा र त्यसपछिका दिनहरुमा प्रष्ट हुँदैजाने विश्लेषकहरु बताउँछन् ।

 काँग्रेसको छाँयाँ सरकारमा गृह बडु, अर्थ मिनेन्द्र र शिक्षामा गगन मन्त्री (नामावली सहित)

कामाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छाँयाँ सरकार गठन गरेको छ । सरकारका विभिन्न मन्त्रालयमा निगरानी गर्न भनी समन्वय समिति नाम दिईएको

नेकपाका अध्यक्षहरु नै सिध्दान्तका दुइ किनारमा 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल अझै सैध्दान्तिक रुपमा एक नभैसकेको कुरा उनीहरुले नै

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ: ‘प्रचण्ड’

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी

सरकारसँग कांग्रेस रिसायो: तीनवटै विधेयक फिर्ता नलिए आन्दोलनको चेतावनी

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका तीनवटा विधेयक सरकारले फिर्ता नलिए संसद र सडकबाट विरोध गर्ने