केपी र सीके शनिबार गरुडामा गर्जिने

काठमाडौं । तीनमहिना अघि सरकारले सीके राउतलाई जहाँबाट पक्राउ गरेको थियो,त्यहीँ शनिबार सरकार प्रमुख र राउतले सार्वजनिक सभामा एउटै मंचबाट भाषण गर्नेछन् । 

सरकार र राउतवीच सहमति भएको भोलिपल्ट शनिबार रौतहटको गरुडामा नेकपाले आयोजना गरेको आमसभालाई प्रधानमन्त्री केपीशर्मा ओली र सीके राउतले सम्बोधन गर्ने कार्यक्रम तयार गरिएको बालुवाटार सूत्रले बताएको छ । सभामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित रहनेछन् ।

सरकारले पछिल्लो समय गत मङ्सिर २० गते राउतलाई रौतहटबाट पक्राउ गरेको थियो । देश टुक्र्याउने खेल र ध्वंसात्मक गतिविधि गरेको अभियोग लागेका राउत रातारात सरकारसँग आश्चर्यजनक शैलीमा सहमतिमा आएपछि तत्कालै तराईको निकै महत्वपूर्ण क्षेत्र रौतहटमा सार्वजनिक सभालाई प्रधानमन्त्रीसँगै सम्बोधन गर्दैछन् ।

उनले सम्भवत लोकतान्त्रिक विधि र शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्न तयार रहेको उद्घोष गर्दै अब आफ्ना समर्थक र पृष्ठभूमिमा योगदान गर्दै आएका मित्रहरुलाई सरकारसँग सहमति गर्नुपर्नाको कारणबारे व्याख्यासहित प्रष्ट पार्ने छन् । यो सहमतिले सरकारलाई राजनीतिक सफलता मिलेको महसुस भैरहेको विश्लेषण गर्न थालिएको छ भने राउतले चैं कसरी यसलाई उपलव्धिको रुपमा व्याख्या गर्नेछन्,त्यो भने रौतहटको सभा र त्यसपछिका दिनहरुमा प्रष्ट हुँदैजाने विश्लेषकहरु बताउँछन् ।

 काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज   बस्दैछ ।  बैठक

 बाबुराम र उपेन्द्रको एकता हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एक हुने तयारीमा रहेको बुझिएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र निवर्तमान

गुटको राजनीति स्वाभाविक : नेता कोइराला

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली

 किन चौबीस घण्टा टिक्न सकेनन् शशांक ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाको अस्थीर अभिव्यक्ति उनकै दलभित्र आलोचनाको बिषय बन्न पुगेको छ । आफ्नै आँगनमा आयोजित होलीको रमझममा उनले