क्रिकेटर ज्ञानेन्द्र मल्ल कारबाहीमा, ४ खेल खेल्न प्रतिबन्ध

काठमाडौं, २४ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् ।

हालसालै सम्पन्न धनगढि प्रिमियर लिग (डीपीएल) को दोश्रो क्वालिफायर खेल छोडेको काठमाडौं गोल्डेन्सको कप्तान भएकोले पनि ज्ञानेन्द्र कारबाहीमा परेको थाहा भएको छ । कारबाही स्वरुप उनले आगामी ४ वटा राष्ट्रिय स्तरको प्रतियोगिताका खेलहरु गुमाउने भएका छन् ।

डीपीएलमा काठमाडौंबाट खेलिरहेका भारतीय खेलाडी अंकित दबासलाई गलत बलिङ एक्सनका कारण प्रतिबन्ध लगाउने निर्णयको काठमाडौंको व्यवस्थापक टोलीले विरोध गरेको थियो । व्यवस्थापनले खेलाडीहरुलाई उक्त खेल नखेल्न दबाव दिएपछि काठमाडौंले सो खेलमा वाकओभर दिएको थियो ।

उक्त कार्य खेल भावना विपरित रहेको प्रतियोगिताको प्राविधिक समितिको ठहरपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल लगायतलाई कारबाही गरिएको बताइएको छ ।

मल्लले पनि उक्त कारबाही स्वीकार गरेको थाहा भएको छ । व्यवस्थापनले नखेल्ने निर्णय गरेकाले वाकओभर दिइएको र प्रतियोगिताको नियम मान्न आफु तयार रहेको उनले बताएका छन् ।

उक्त कारबाही स्वरुप ज्ञानेन्द्रले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय खेलहरु गुमाउने भएका छन् । प्रदेश ३ बाट खेल्न लागेका ज्ञानेन्द्रले लिग चरणका खेलहरु गुमाउनेछन् । उनको टोली फाइनल प्रवेश गर्न सफल भएमा ज्ञानेन्द्रले फाइनलमा भने खेल्ने बताइएको छ ।
 

 

बिमल र खवास बिनाको नेपाली टोली घोषणा

काठमाडौं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।  प्रशिक्षक योहान कलीनको नेतृत्वमा घोषणा गरिएको

सोसल मिडियामा चम्किए विराट कोहली

एजेन्सी । भारतीय क्रिकेटरहरु खेलाडीमा मात्र सिमित नभएर सेलिब्रेटीको हैसियतमा हुने गरेका छन् । ठुलो जनसंख्या भएको भारतमा क्रिकेटरहरुको फ्यान फलोइङ

क्यान्सर रोगका कारण क्रिकेटर आसिफकी दुई वर्षिय छोरीको मृत्यु

एजेन्सी । इंग्ल्याण्ड विरुद्धको सिरिज खेलिरहेका पाकिस्तान क्रिकेटर आसिफ अलीलाई गम्भिर पारिवारिक समस्या आइलागेको थाहा भएको छ । उनको दुई वर्षिय छोरी

सीपीएलमा सन्दीप लामिछानेले पुरानै टिमबाट खेल्ने सम्भावना

काठमाडौं, ५ जेठ । स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई सेन्ट  किट्स एण्ड नेभिस पेट्रियोट्सले ‘रिटेन’ गर्ने सम्भावना रहेको थाहा भएको छ