कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

दोहा । कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ । 

खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ । 

“कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ,” मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ । 

हाल साउदी अरेबीयाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ । यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले पनि समावेश छन् । कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ । 

दोहाले भने उक्त आरोपहरु अस्वीकार गरेको छ । सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाई छ । 

सन् २०१८ मा पनि ग्यासको धनी राष्ट्र कतारले १२ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो । गत वर्ष कतारको तुलनामा साउदी अरेबीयाले ११ अर्ब डलरको ऋणपत्र मात्र बिक्री गरेको थियो । रासस

रोल्पाबाट दुख गरेर ल्याएको काफलले बजार पाएन

रोल्पा, ७ जेठ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार

 एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार

झापामा लिची फेस्टिभल हुँदै

भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन्। उनले १५ बिघा जमीनमा लगाएको