बिजुली व्यापारले वरुण नदीको अस्तित्व खतरामा

सङ्खुवासभा, २१ फागुन । हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । 

मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । वरूण नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न भन्दै एक सरकारी टोली वरुण पुगेको छ । जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न जलविद्युत् निर्माण कम्पनी एमपिक इनर्जी प्रालिको आयोजनामा गत मङ्सिर २२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न खोज्दासमेत स्थानीयवासीले अवरोध गरेका थिए । 

स्थानीयवासीले वरुण बचाउ सङ्घर्ष समितिसमेत गठन गरेर प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् उत्पादनको विरोधमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष छिरुक भोटेले जानकारी दिए। अध्यक्ष भोटेले ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने बताए। ऐतिहासिक मौलिक पहिचान बोकेको धार्मिक पर्यटकीय क्षेत्र वरूण नदीबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् । 

गोमुख गङ्गाको शिर वरूण नदी नै भएका कारण ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थान वरुण नदी भएको पौराणिक मान्यता छ । अहिले उत्तरदक्षिण कोशी सडक निर्माणका क्रममा झरेको ढुङ्गा र बालुवाले नदी भरिएको छ । भक्तजनले पूजा गर्ने पोखरीमा नै डोजर लगाइएको छ । यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भोलि त्यसको अस्तित्व हराउन सक्ने स्थानीयवासी बताउँछन् । 

वरुण नदीका विषयमा जानकार ताराबहादुर बुढाथोकीका अनुसार सत्य युगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा वरूणलाई लिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यस नदीको पानीको रङसमेत अन्य नदीको भन्दा फरक अर्थात् नीलो  छ । नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोको रूपमा लिइने गरिन्छ । वरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र वरुण नदीलाई मामा र भान्जाको समेत सङ्ज्ञा दिएको पाइन्छ । 

त्यसैगरी, भोटे सम्प्रदायमा वरूण ठेनेम्बा र हटिया ठेनेम्बा भनेर चिनिने दुई छाँगा पनि सोही नदीमा रहेका छन् । यो नदीलाई पत्थर चिरेको नदी भनेरसमेत चिनिन्छ । वरुण नदीमा माघ १ गतेका दिन मकर नुहाउने गरिन्छ । जिल्ला तथा जिल्ला बाहिरका दर्शनार्थी सो नदीमा मकर नुहाउन पुग्ने गरेका छन् । माघे सङ्क्रान्तिमा अरुण र वरुण नदीको सङ्गमस्थलमा नुहाउने परम्पराअनुसार सो ठाउँमा मकर नुहाउने चलन रहिआएको छ । रासस

 भूकम्प असर: दशौँ वर्षसम्म परकम्पन आउन सक्ने 

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका

भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्रीको मुहारमा कहाँबाट आयो चमक

   काठमाडौं । विसं २०७२  मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै

नमूना शहर बनाउन डिपिआर शुरु

लमही, १० वैशाख । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास

‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

         काठमाडौँ, २९ चैत । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ