हिन्दू–मुस्लिम जोडीले गरे कानूनी विवाह

बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । 

बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका थिए। 

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन् । 

दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकप् थिईन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी थिईन्। विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए। केटीका तर्फभने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफारिस लिएर आएका थिए। सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताईन्। 

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए। 

‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु¥याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।” 

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे। पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । रासस 

 मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

अछाम । मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल

छोराछोरीलाई रोगबाट मुक्त पार्न क्रिस्चियन बन्दा...

मार्तडी, ७ चैत । बाजुरा बूढीनन्दा नगरपालिका–१ कोल्टीका भक्त गिरीका तीन छोराछोरी अपाङ्गताले थलिएका छन् । जन्मेको १२ देखि १४ वर्षको उमेरमा उनीहरु

 देश बदल्छु भन्थे आफैं बदलिए: पहिला पेस्तोल अब हातमा फरुवा !

लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा

 होली पर्व: उच्छृङ्खल व्यवहार गर्नेलाई प्रहरीले नछोड्ने 

काठमाडौं । रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको