राउटे समुदायका पाँच युवकले पाए जागिर

वीरेन्द्रनगर, १२ फागुन । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो । 

राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक रु एक हजार ५०० पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताईन् । 

नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ । त्यसैगरी समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ । 

त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वोत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वोत्तम पिठो प्रदान गरिएको हो । सोसकले सञ्चालन गरेको राउटे परियोजनाअन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेवको व्यवस्था गरिएको छ । परियोजनाअनुसार उनीहरुको समस्याका बारेमा ध्यान दिइनुका साथै बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ । सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको कमीका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताए । रासस

बाबुरामको ऐंसेलु मोह

काठमाडौं, ५ जेठ । राजनीतिक दल परिवर्तनमा निकै चञ्चल नेताको पहिचान बनाईरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखा पुगेका छन्

 कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौं । तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु

एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा

अवैध व्यवसायमा संलग्न एकदर्जन भारतीय याक एण्ड यति होटलबाट पक्राउ

  काठमाडौं । अवैध व्यवसाय संचालन गर्न नेपाली युवालाई तालिम दिन आएका भारतीय व्यवसायलाई प्रहरीले एक पाँचतारे होटलबाट नियन्त्रणमा लिएको छ । नेपालमा