बाँके राष्ट्रिय निकुञ्जका हात्ती भाडामा लगाउन प्रतिबन्ध

बाँके, ११ फागुन । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भने,“अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन् ।” सरकारले हालैमात्र हात्ती व्यवस्थापनसम्बन्धी ऐन संशोधन गरेपछि हात्तीको प्रयोगमा रोक लगाइएको हो । 

असोज महीना अघिसम्म निकुञ्जले शुल्क लिएर हात्तीलाई मेला, महोत्सव, महायज्ञलगायतका पर्वमा भाडामा दिने गरेको थियो । वन्यजन्तुको अधिकार र हात्तीको प्रयोगबाट हुने असुरक्षालाई देखेर सरकारले हात्ती व्यवस्थापनसम्बन्धी नयाँ नियम ल्याएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए। 

चार वटा हात्ती रहेको बाँके राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकले हात्ती प्रयोग गर्दा छ घण्टाको रु।पाँच हजार, सार्क देशका पर्यटकका लागि १० हजार र अन्य मुलुकका पर्यटकका लागि २० हजार शुल्क लिँदै आएको निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए। रासस 

रोल्पाबाट दुख गरेर ल्याएको काफलले बजार पाएन

रोल्पा, ७ जेठ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार

 एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार

झापामा लिची फेस्टिभल हुँदै

भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन्। उनले १५ बिघा जमीनमा लगाएको