विनाधितो ऋण कृषि विकास बैंकमा


कास्की, १० फागुन । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।

सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गर्नुभयो । कृषि क्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको छ ।

कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैंकसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ । त्यस्तै बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने उल्लेख छ ।

मन्त्रालयका सचिव श्रेष्ठले सम्झौताबाट मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने बताए । बैंकका निर्देशक सापकोटाले बैंकले यसअघि सहुलियत कर्जामा विनाधितो लगानी नगरेको र यसपछि पाँच प्रतिशत ब्याजदरमा लगानी गरिने बताएका छन् । रासस

 

रोल्पाबाट दुख गरेर ल्याएको काफलले बजार पाएन

रोल्पा, ७ जेठ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार

 एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ

एनसेलको लगानीकर्ता एजियाटा मर्जरको तयारीमा

काठमाडौँ, ५ जेठ । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार

झापामा लिची फेस्टिभल हुँदै

भद्रपुर, २ जेठ । झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गरेका छन्। उनले १५ बिघा जमीनमा लगाएको