म्यानमारको बौद्ध विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

लुम्बिनी, ९ फागुन । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । 

म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट परियति शासन युनिर्भसिटी, मण्डालेले बुद्ध धर्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएको हो । लुम्बिनी बौद्ध विश्विद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेको नेतृत्वमा म्यान्मामा रहेका विश्वविद्यालयसँग अन्तरक्रिया गर्ने क्रममा त्यहाँका विश्वविद्यालयका पदाधिकारीले उक्त आश्वासन दिएका हुन् । 

बौद्ध धर्मावलम्बी देश म्यान्माले त्यहाँका २० वटा बौद्ध विश्वविद्यालयमा मात्रै होइन प्राथमिक तहदेख उच्च माध्यमिक तहसम्म पनि थेराबाद बुद्ध धर्मको शिक्षणलाई महत्व दिएको छ । सरकारकै प्रत्यक्ष संरक्षण र लगानी रहेको म्यान्माली विश्वविद्यालयमा उच्च शिक्षा र विद्यावारिधि गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिबद्धता गरेको न्यौपानेले बताए। 

इन्टरनेशनल थेराबाद बुद्धिस्ट मिसिनरी युनिर्भसिटी याङ्गुनका रेक्टर प्रा डा नन्दमालाभिबम्सा, स्टेट परियति शासन विश्वविद्यालयका रेक्टर भिक्षु डा कुमार र मण्डालेस्थित स्टेट परियति शासन युनिर्भसिटीका भाइस रेक्टर याना लिङ्गरा पवान्साले आ–आफ्नो विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएका हुन् । उनीहरुले लुम्बिनी बौद्ध विश्वविद्यालयको सिफारिसमा आउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रतिबद्धता दोहो¥याए। 

इन्टरनेशनल थेराबाद बुद्धिस्ट मिसिनरी युनिर्भसिटीमा अङ्ग्रेजीसहित विश्वका विभिन्न भाषामा पढाइ हुने गर्दछ भने स्टेट परियति शासन युनिर्भसिटीमा बर्मीज र पालि भाषामा मात्रै पढाइ हुने गर्दछ । म्यान्माली विश्वविद्यालयमा पढ्ने विद्यार्थीका लागि छात्रवृत्तिका रूपमा पठनपाठनका लागि लाग्ने सम्पूर्ण शुल्क, होस्टलको व्यवस्था र शोध गर्दा लाग्ने खर्चसमेत उपलब्ध गराइने गर्दछ । म्यान्मा सरकारको धार्मिक तथा संस्कृति मन्त्रालयको मातहतमा रहने उक्त विश्वविद्यालयमा बुद्ध धर्म अध्ययन गर्न नेपाली विद्यार्थीका लागि प्रोत्साहनस्वरुप विश्वविद्यालयले गरेको प्रतिबद्धताको फाइदा नेपाली विद्यार्थीले उठाउनुपर्ने मन्त्रालयका अधिकृत आन्सु थु (दाई) ले बताए। 

म्यान्मा बौद्ध सङ्गायनको पाँचौँ र छैटौँ सङ्गायन भएको देश हो । बौद्ध सङ्गायनको पहिलो सङ्गायन भारतको राजगिरमा भएको थियो । दोस्रो सराबस्तीमा, तेस्रो पाटलीपुत्रमा भएको थियो । चौथो सङ्गायन श्रीलङ्कामा भएको थियो भने पाँचौँ र छैटौँ म्यान्मामा भएको थियो । बुद्ध धर्म दर्शनअनुसार छैटौँ शताब्दीमा महामानव बुद्ध भारतको बोधगयास्थित बोधिवृक्षमुनि बसिरहेका बेला बर्माका दुई व्यापारी तपौसिया र भालिका त्यही बाटोबाट जाँदै गर्दा ती व्यापारीलाई बुद्धले आफ्नो टाउकाबाट आठ वटा कपालको रौँ निकालेर दिएका थिए । 

त्यही रौँ लिएर स्वदेश फर्केका ती व्यापारीले म्यान्मामा बुद्ध धर्म र दर्शनलाई प्रचारप्रसार मात्रै गरेनन् सम्बद्र्धन र संरक्षण पनि गरेपछि त्यहाँका राजा ओकालापाले बुद्धको कपालको रौँलाई महत्व दिएर राखे । त्यसपछि नै म्यान्माले बुद्धकालीन सभ्यताको संरक्षण र प्रवद्र्धनमा फड्को मारेको देखिन्छ । म्यान्माका विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि दिएको अवसरलाई बुद्ध धर्मको क्षेत्रमा गहन अध्ययन गर्न र शोध गर्न चाहने नेपाली विद्यार्थीले फाइदा उठाउनुपर्ने म्यान्मामा रहेर सामाजिक सेवा गर्दै आउनुभएका नेपाली भाषी सतिश न्यौपानेले बताए। रासस

विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन

काठमाडौँ, ५ जेठ । धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको

 पहिलो कक्षामै फेल भएका थिए यी पूर्वप्रधानन्यायाधीश  

बागलुङ । ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा प्रमुख अतिथि थिए, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।  यसपालि श्रेष्ठ विद्यालय आउनुको

किन विश्व भाषामा धुईरिन्छन् विदेशी युवा

 काठमाडौं । विश्व भाषा क्याम्पस त्रिभुवन विश्व विद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय भाषा सिकाइने एक मात्र शैक्षिक इकाई हो । विदेश जान चाहने, पर्यटन

 शिक्षक नै परीक्षामा फेल भएपछि विद्यालय बन्द हुने अवस्थामा

दमौली, २२ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को