बिर्सन लागेको पलेँटी फेरि शुरु हुने  

 काठमाडौं। नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको नेपालयले जनाएको छ ।

 

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका  अधिकांश  सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।

 

अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको बताईएको छ ।

 

‘लामै ग्यापपछि पलेँटी थालिँदै छ । साँच्चै भन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन् । यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं ।’ पलेँटी संयोजक आभासले भने ।

 

आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।

 

‘नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारहरूको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ ।‘ महिला विशेष पलेँटीकाबारे आभासको टिप्पणी थियो ।

 

यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झँनेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा संदर्भलाई संक्षिप्त वाचन गर्ने छन् ।

 

मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलेँटीसँग सम्बन्धित गायिका हुन् । उनले यसपाली प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।

 

‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालय पनि हो । यो विद्यालयको मञ्चमा बस्न पाउँदा म सँधै उत्साहित हुन्छु । यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु ।‘आर’शालामा वाद्यवादक बीच अभ्यासरत मीना आउँदो पलेँटी बारे भन्दै थिइन् ।

 

‘अबका पलेँटीमा संगीतसँग आवद्ध विषय केन्द्रित कार्यक्रम पनि प्रस्तुत हुने छन् । यसैको शुरुवात स्वरुप, फेबु्रवरी महीनाको पलेँटीलाई हामीले ‘नेपाली संगीतमा महिलाको संलग्लनता र योगदान’ विषयमा केन्द्रित गर्दै कार्यक्रम निर्माण गरेका हौं ।’ पलेँटी कार्यक्रम बारे आभासको थप टिप्पणी थियो ।

 

यही फेब्रुवरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर।शाला’मा प्रस्तुत हुने जानकारी दिईएको छ ।

 

कवि तीर्थको कवितारुपी फेवा तालमा नौका विचरण

काठमाडौं । सुपरिचित कवि तीर्थ श्रेष्ठका कवितासँग अपरिचित साहित्यप्रेमीको संख्या निकै थोरै होला जसले उनका कविताको फेवा तालमा नौका विचरण नगरेको होस्

  बुबा त्यसपछि फर्केरै आउनु भएन !

आठ वर्षकी छँदा म बिर्तामोडको कृषि थोकबजार पस्ने ठाउँमै रहेको खत्री होटेलमा काम गर्थेँ । खासमा म त्यति गरीब परिवारमा जन्मिएकी होइन । म सात वर्षकी

ज्योतिष विज्ञानका ज्ञाता थिए कलाकार अरनिको

 काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ ।  अरनिको निधन भएको दिन

 भोलेनाथ म धेरै खुशी छु !

भोलेनाथ ! म आज राती १ बजे नै उठेर पूरै शरीर धोएर तपाईंलाई दर्शन गर्न भनेर गएँ, मलाई त्यो कति बजे होस् कुनै मतलव थिएन । मात्र तपाईंलाई दर्शन गर्न पाएमा म