विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

विराटनगर । यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । 

आरोहण विराटनगरद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुने जानकारी दिइयो । 

महोत्सवमा नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का र अफगानिस्तानका १० नाटक दैनिक एक÷एक वटा मञ्चन हुने आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । फागुन १५ गते आरोहण विराटनगरको ‘विराट पर्व’, १६ गते बङ्गलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसएप्पीइर्ड’, १८ गते भारतको ‘चम्पावती’, १९ गते श्रीलङ्काको ‘लब एण्ड लाइफ’ नाटक मञ्चन हुने भएको छ । 

यसैगरी फागुन २० गते झोराहाट नाट्य समूह नेपालको ‘घरभित्रको अर्को घर’ , २१ गते परिवर्तन थिएटर, काँकडभिट्टा नेपालको ‘विटुलो आख्यान’, २२ गते अफगानिस्तानको ‘ता राहाये’, २३ गते थिएटर उपयपुर नेपालको ‘देश बनाउँछु भन्नेहरु’ र २४ गते कदम थिएटर दमक नेपालको ‘गौडा टाइम्स’ नाटक मञ्चन गरिने भएको छ । 

महोत्सवमा विभिन्न सांस्कृतिक, पुस्तक र चित्र प्रदर्शन गरिनेछ । सहभागी विदेशी कलाकारलाई प्रदेश नं १ को पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरुको अवलोकनका साथै स्थानीय समुदाय तथा स्थानीय सरकारसँग समेत अन्तरक्रिया कार्यक्रम गराईने बताइएको छ । रासस

कवि तीर्थको कवितारुपी फेवा तालमा नौका विचरण

काठमाडौं । सुपरिचित कवि तीर्थ श्रेष्ठका कवितासँग अपरिचित साहित्यप्रेमीको संख्या निकै थोरै होला जसले उनका कविताको फेवा तालमा नौका विचरण नगरेको होस्

  बुबा त्यसपछि फर्केरै आउनु भएन !

आठ वर्षकी छँदा म बिर्तामोडको कृषि थोकबजार पस्ने ठाउँमै रहेको खत्री होटेलमा काम गर्थेँ । खासमा म त्यति गरीब परिवारमा जन्मिएकी होइन । म सात वर्षकी

ज्योतिष विज्ञानका ज्ञाता थिए कलाकार अरनिको

 काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ ।  अरनिको निधन भएको दिन

 भोलेनाथ म धेरै खुशी छु !

भोलेनाथ ! म आज राती १ बजे नै उठेर पूरै शरीर धोएर तपाईंलाई दर्शन गर्न भनेर गएँ, मलाई त्यो कति बजे होस् कुनै मतलव थिएन । मात्र तपाईंलाई दर्शन गर्न पाएमा म