डीपीएलः धनगढिमाथी काठमाडौंको रोमाञ्चक जित

काठमाडौं, २८ माघ । बहुप्रतिक्षित धनगढि प्रिमियर लिग (डीपीएल) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

धनगढि स्टार्सलाई खेलमा १ बल बाँकि छँदै ४ विकेटले हराउने क्रममा काठमाडौंका मेहबुब आलमले विजयी चौका प्रहार गरे ।

यसअघि काठमाडोंले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेकोमा धनगढिले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३२ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि अमित श्रेष्ठले ५० बलमा ४ चौका र २ छक्का सहित ५० रन बनाए । त्यस्तै सन्दीप रजाली, सौरभ खनाल  र पवन शर्राफले क्रमशः २८, नटआउट २५ र १९ रन बनाए । रनआउट भएका ओपनर रोहन मुस्तफालाई शुन्यमै गुमाएपछि धनगढि संकटमा परेको थियो ।

बलिङतर्फ काठमाडौंका नन्दन यादव सफल सिद्ध भए । ३ ओभर बलिङ गरेका उनले ८ रन मात्र दिइ २ विकेट लिए । ललित राजवंशी र अंकित दबासले समान १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काठमाडौंको लागि विदेशी खेलाडी अंकित दबास र गौरव तोमरले शानदार ब्याटिङ गरे । २३ बलमा २ चौका र २ छक्का प्रहार गरेका अंकितले २९ रन बनाए भने गौरबले २४ बलमा २८ रन बनाए । त्यस्तै अनिल साहले ४० बलमा २४ रन बनाए । अन्तिम सम्म नटआउट रहेका मेहबुब आलम र बिक्रम भुषालले १२ र १४ रन बनाए ।

ब्याटिङमा चुकेका धनगढिका रोहन मुस्तफाले ४ ओभरमा २७ रन दिंदै ४ विकेट लिए । किफायती बलिङ गरेका बिपिन खत्रीले ४ ओभरमा १७ रन दिंदै १ विकेट लिए भने अमिर हायातले १ विकेट लिए ।

अलराउन्ड प्रदर्शन गरेका अंकित दबास प्लेयर अफ द म्याच घोषित भए ।

 

 यू–१५ साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

  काठमाडौँ, ४ भदौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै

पोग्बाले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर राेकियाे

वोल्भरह्याम्पटन, ४ भदाै । पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको