नेपाली क्रिकेटको अबको गन्तव्य मलेसिया

काठमाडौं, २८ माघ । सन् २०१४ को आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपाली क्रिकेट टोली इतिहास दोहो¥याउने संघारमा छ ।

सन् २०२० मा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा छनौट हुनको लागि यसअघि मलेसियामा भएको प्रतियोगिताबाट दोश्रो चरणको लागि छनौट भएको थियो । नेपालले अब ग्लोबल क्लालिफायरमा छनौट हुनको लागि पुनः मलेसियामा एसीयाली क्वालिफायर प्रतियोगिता खेल्ने भएको छ ।

मलेसियामै आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म हुने उक्त प्रतियोगिताको शिर्ष २ मा पर्न सके नेपालले १४ राष्ट्र सम्मीलित ग्लोबल क्लालिफायर खेल्ने अवसर पाउनेछ ।  
उक्त प्रतियोगितामा नेपालले युएई, सिंगापुर, कुवेत, कतार र मलेसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । राउन्ड रोबिन लिग स्वरुपमा खेलिने यस प्रतियोगिताको शिर्ष २ टोलीले आगामी अक्टोबरमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको शिर्ष ६ टोलीले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपमा खेल्ने अवसर पाउने हुनाले पनि यो प्रतियोगिता नेपालको लागि विशेष रहेको छ ।
यस प्रतियोगिताको लागि नेपालले तयारी छिट्टै सुरु गर्ने कप्तान पारस खड्काले बताइसकेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बन फुकुवा हुने क्रममा रहेको र सोचे अनुसार भएमा नेपालको तयारीमा सहयोग पुग्ने बताइएको छ ।

सो निलम्बन हटेमा एसियाली क्वालिफायर अगाडि नेपालले घरेलु मैदानमा एउटा एकदिवसिय अन्तर्राष्ट्रिय र टी–२० सिरिज खेल्ने अवसर पाउन सक्ने पनि बताइएको छ ।

 

 

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै

पोग्बाले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर राेकियाे

वोल्भरह्याम्पटन, ४ भदाै । पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको

फुटसल प्रतियोगिता हुने

  धनगढी, ३ भदौ । ‘फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसन’ र नेपाल खेलकूद पत्रकार मञ्च कैलालीको संयुक्त आयोजनामा ‘नेपाल आइस धनगढी फुटसल लिग’ हुने भएको