एकबाट अर्बौं कमाउन सकिन्छ, कसरी नेपाल टुडेलाई पछ्याऔं

काठमाडौं । देशको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत जोडिन्छ । कृषि क्षेत्रकै परिवारका सदस्यहरू दैनिक १५सय २ हजारको संख्याको हाराहारीमा हवाइजहाज चढेर मलेशिया, दुबइ अरब कतार उडिरहेका छन् । तिनै विदेशिएका किसानका छोराछोरीले पठाउने पसिनाको ३३ प्रतिशत भन्दा बढी रेमिट्यान्स त्यहि सरकारी ढुकुटीमा जोडिन्छ । यसरी हेर्दा कृषि जनशक्तिले नै यो देश थेगिएको छ । धानिएको छ । अनि बाँचेको छ । 

कृषिवस्तुको आयात दिनप्रतिदिन बढ्दै छ । अर्बौं रुपैयाँको मासु, तरकारी र खाद्यान्न बाहिरबाट ल्याउनु परेको छ । गाउँ पाखा वेशी फाँट दिनहुँ बाझिदै गएको छ । देशको यस्तो विकराल तस्वीर अगाडि तेर्सिन्छ । अगाडि आशा र उत्साहको कुनै चिन्ह देखिँदैन । हामी कहाँ पुगेर खस्ने हो कुनै अड्कल गर्न सकिँदैन । 

यो भयावह अवस्थाको दृश्यबीच तिनै कृषि परिवारका सदस्यहरू विदेशबाट फर्केर आफ्नै घरआँगनमा रोजगारीको आँगन तयार गरिरहेका छन् । यो दृश्य शुभदिनको सुरुवात जस्तै लाग्छ । 

विदेशबाट फर्केर तरकारी खेती, बाख्रापालन भैंसी पालन कुखुरा पालन आदि कृषि कर्म गरेर कृषि क्षेत्रमा उत्साहजनक प्रगति गरिरहेका छन् । यहि माटोमा प्रशस्त फलाउन फुलाउन र कमाउन सकिने सम्भावनाको बाटो देखाइ रहेका छन् । आफ्नै घर परिवार समाज र देशमा बसेर नै विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरिरहेका छन् । 

देशमै आम्दानीको दह्रो स्रोत बनाउन सकिन्छ । यहि भूमिमा काम गर्न सकिन्छ । त्यो गरेर बसेका छन् । तिनीहरू यी यी हुन् भनेर टेलिभिजन कार्यक्रम मार्फत् ७ वर्षदेखि नेपाल टुडे नामक साप्ताहिक टेलिभिजन कार्यक्रम नेपाल टेलिभिजनको प्लसबाट प्रसारण हुँदै आएको छ । हरेक बुधबार साँझ ७ बजे यो कार्यक्रम प्रसारण हुन्छ । यो कार्यक्रमले विशेष गरी कृषि कर्ममा लाग्न खोज्ने विदेश तथा स्वदेशमा बसेका युवाहरूलाई उत्साह थपेको छ ।

देशमै काम गरेर राम्रो उत्पादन गर्न र कमाउन सकिन्छ भन्ने विश्वास दिलाउन कार्यक्रम सफल भएको छ । नेपाली किसानको पक्षमा यो कार्यक्रम बनेको छ । यो कार्यक्रमलाई यूट्यूवमा पनि राखिएको छ । लाखौं दर्शकहरूले यो कार्यक्रम हेरेका छन् । यो अर्थमा जो आफ्नै देशमा बसेर, कृषि कर्म गरेर, राम्रो आम्दानी लिएर, आफ्नै घर परिवारसँग बसेर, खुशी सुखी भएर बस्ने चाहना राख्ने नेपाली युवाहरू नेपाल टुडे कार्यक्रमबाट भरपुर फाइदा लिन सक्छन् ।     
 

भेरी–बबई आयोजना : मुआब्जा बहिष्कार गर्ने चेतावनी

  सुर्खेत, ४ भदौ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि

गुल्मीमा ट्राफिक कारवाही : ३९ लाख राजस्व संकलन

  गुल्मी, ४ भदौ । ट्राफिक प्रहरी गुल्मीले ३९ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नियम विपरित सञ्चालनमा आएको सवारी साधनमाथिको कार्वाहिबाट ३९

नियम विपरीत चलेका ११ उद्योग कारवाहीमा

हेटौँडा, ४ भदौ । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११  उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल

सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

काठमाडौँ, ४ भदौ । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।  नेपाल सुन चाँदी व्यवसायी