डीपीएल तेस्रो संस्करण आजदेखि सुरुः पहिलो खेलमा काठमाडौं र धनगढी प्रतिष्पर्धा गर्दै

धनगढी,२८ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट आजदेखि सुरु भएको छ । लिगको पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिष्पर्धा भईरहेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भईरहेको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको छ भने धनगढीले सुरुवातमा ब्याटिङ गर्दैछ ।

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएका छन् । धनगढीको नेतृत्व सोमपाल कामीले गरेका छन् । अघिल्ला दुवै संस्करणको उपाधि जितेको धनगढी उपाधि रक्षाको लक्ष्यमा हुनेछ भने काठमाडौं अघिल्लो संस्करणको फाइनलमा व्यहोर्नु परेको हारको बदला लिने लक्ष्य छ ।

काठमाडौंको प्लेईङ सेटः–
ज्ञानेन्द्र मल्ल,बिक्रम भुसाल,अनिल कुमार साह,नन्दन यादव,राशिद खान,सोनु तामाङ,योगेन्द्र सिंह कार्की,गौरब तामोर,अंकित दास,ललित नारायण राजवंसी,महेबुब आलम

धनगढीको प्लेईङ सेटः–
सोमपाल कामी,राजु रिजाल,सुनिल धमला,रोबिन क्षेत्री, सन्दीप रजाइली, रोहन मुस्तफा,अमीर हायत,सौरभ खनाल,अमित श्रेष्ठ,पवन सर्राफ, विपिन खत्री 

डिपिएलको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ ।

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका