पश्चिमी वायु फेरी सक्रियः मौसम बदली, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौ,२८ माघ । काठमाडौ उपत्यकासहित आसपासका क्षेत्र र मुलुकका पहाडी केही स्थानमा आज विहानैदेखि मौसम बदली भएको छ ।

लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार (हिजो) सुधार आएपनि आज भने फेरि मुलुकका अधिकांश स्थानमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहनेछ । आज देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सिकारु चालकले गाडी चलाउँदा चारजनाको ज्यान गयो 

बागलुङ, ९ फागुन । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको

 रहेनन् साहित्यकार शिव रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार

पर्यटन बोर्डमा धमला र पौडेल नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक