भारतीय लोकसभाको निर्वाचनप्रति नेपालको चाँसोः बीजेपीले जिते नेपालमा राजा आउने ?

काठमाडौ,२८ माघ । राजतन्त्र पुनर्बहालीको अभियान अघि बढाउने एजेन्डासहित दुईवटा राप्रपा एक भएको साता दिन नवित्दै गत बुधबार भारत भ्रमणमा गएका अध्यक्ष पशुपतिशमशेर राणा आइतबार स्वदेश फर्केका छन् । भारत भ्रमणका क्रममा विदेशमन्त्री सुषमा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबालसँग भेट भएको अध्यक्ष राणाले जनाएका छन् । एकीकरणका सन्दर्भमा राप्रपा (संयुक्त) ले अवलम्बन गरेको नीतिका विषयलाई भारतीय विदेशमन्त्री स्वराज र प्रधानमन्त्रीका सल्लाहकार डोवालले निकै महत्व दिएको दाबी राणाको छ ।

देशभित्रका राजावादी पार्टीहरू सबै एउटै झन्डामुनि आएको अवस्थामा र भारतले साथ दिएको अवस्थामा राजतन्त्र पुनर्बहाली हुने विश्लेषण राजावादीहरूको छ । भारतको सत्तारुढ पार्टीका प्रायःजसो नेताहरू राजतन्त्र पुनर्बहालीको पक्षमा रहेको बताउने गरिएको छ । साथै, आगामी वैशाखमा हुन गइरहेको भारतीय लोकसभाको निर्वाचन फेरि भाजपाले जित्यो भने नेपालमा राजतन्त्र पुनर्बहालीका लागि मार्गप्रशस्त हुने दाबी पनि राजावादीहरूको छ । त्यही आश्वासन दिएर राजावादीहरूले आफ्नो संगठन विस्तार गर्दै लगेका छन् ।

डा.प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) र पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) बीच गत अघिल्लो शुक्रबार  एकीकरण घोषणा गरिएको थियो । एकीकरणपछि पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ । पार्टीको मूल सिद्धान्तका रूपमा हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था र आर्थिक उदारवादलाई अंगालिएको छ । तर पदाधिकारी तथा प्रोटोकलमा उत्पन्न विवादका कारण राणातर्फका केशरबहादुर विष्ट र दीपक बोहरा एकीकरण घोषणा सभामा सामेल भएनन् ।

यसैगरी, डा.लोहनीतर्फका उपाध्यक्ष केशवराज श्रेष्ठ र महामन्त्री सुषमा आचार्य पनि एकीकरणमा सामेल भएनन् । एकीकरणमा सामेल नभएका विष्ट, बोहरा, श्रेष्ठ, आचार्यलगायतका नेताहरू छुट्टै राप्रपा गठन गर्ने अभियानमा छन् । यो अभियानअन्तर्गत उनीहरूले गत शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएका थिए । तर राष्ट्रिय भेलामा उत्साहजनक उपस्थिति नभएपछि तत्काल नयाँ राप्रपा घोषणा हुन सकेन ।(तरुण साप्ताहिकमा खबर छ) 

२३ हजार कर्मचारी रिक्त

काठमाडौं, ८ भदाै । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारीको दरबन्दी रिक्त छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा

अमेरिका गएका वडाअध्यक्षले पठाए राजीनामा

हेटौंडा, ८ भदाै । व्यापक जन दबाबपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जगत्मान घिसिङले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका

अन्तत प्रधानमन्त्रीको उपचार लम्बिने, ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

काठमाडौं, ८ भदाै । सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री

एक प्रहरीः जसले ३० वर्षपछि बल्ल पाए न्याए

काठमाडौं, ८ भदाै । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा