सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार, सेवाग्राही भई अनुगमनमा जाने 

काठमाडौ,२८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार नियन्त्रण गर्न सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह ‘¥यापिड अपरेशन टास्क फोर्स’ गर्ने तयारी गरेको छ । टास्क फोर्सका सदस्यहरू विभिन्न कार्यालयमा सेवाग्राही भई अनुगमनमा जाने छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । घिमिरेका अनुसार आयोगले खटाएका व्यक्ति सेवाग्राही भएर जाने र कुनै गल्ती भएमा कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिएका छन् ।  

प्रमुख आयुक्त घिमिरेले ‘¥यापिड अपरेशन टास्क फोर्स’ नाम दिएर सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको र त्यसको कार्यविधि आयोगले स्वीकृत गरिसकेको जनाएका छन् । समूहले कुनै कमी कमजोरी फेला पारेमा कारबाहीका लागि सिफारिस गर्नेछ । कमजोरी भएको नदेखिएमा सम्बन्धित कार्यालयका प्रमुख, विभागीय प्रमुख वा सचिवलाई बोलाएर आयोगले कार्यालयको अबस्थाबारे जानकारी दिनेछ । 

यस्तै, आयोगले भ्रष्टाचार न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत नागरिक निगरानी समूह (सिटिजन जुरी) निर्माण गर्ने तयार पनि गरेको छ । अख्तियारले मात्र भ्रष्टाचार न्यूनीकरण गर्न नसक्ने भन्दै नागरिक समाजका विशिष्ठ व्यक्ति सम्मिलित समूह गठन गर्न लागिएको हो । 

समूह स्वतन्त्र रुपमा रहनेछ । आयोगले आवश्यक सहयोग भने गर्नेछ । पाइलटिङका रुपमा सुरु गर्न लागिएको समूह सफल भएमा थप विस्तार गर्ने पनि प्रमुख आयुक्त घिमिरेले बताए ।

क्यान्सर अस्पताल : जनप्रतिनिधिले समिति गठन गरेपछि चुलियो विवाद 

  भक्तपुर, ४ भदौ । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद

प्रभावकारी बन्दै प्रदेश ३ का जनमैत्री कार्यक्रम 

  काठमाडौँ, ४ भदौ । देश संघियता गएपछि विकासको प्रणलीमा परिर्वतन भैसकेको छ । नेपाल ७ वटा प्रदेशमा विभाजित भएको छ । सबै प्रदेशले आफ्नो प्रदेश विकासको

भारतका बाह्य मामिलामन्त्रीको उपस्थिती : यस विषयमा हुदैछ विमर्श

  काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका

प्रहरीमाथि पारसकाे हातपात प्रकरणः यसरी हुँदैछ छानबिन

काठमाडाैं, ४ भदाै । केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका पूर्वयुवराज पारस शाहले