महाधिवेशन पर सार्ने देउवा र पौडेलको रणनीति,गगनले सभापतिमा उम्मेदवार दिने 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको महाधिवेशन सकेसम्म पर धकेल्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला यसको बिरोध सुरु भएको छ । भावी सभापतिका आकांक्षी पौडेललाई समर्थनको आश देखाएर सभापति देउवाले महाधिवेशन एकदुई वर्ष पर धकेल्ने तयारी गरिरहेको बुझिएको छ ।

नयाँ विधान कार्यान्वयनमा ल्याउन पनि विधानले निश्चित गरेको समयमै महाधिवेशन गराउनुपर्ने आवाज गत महासमिति बैठकमा पनि उठेको   थियो । तर केन्द्रीय समितिका पदाधिकारी र सदस्यले पनि पार्टीको तल्लो निकायबाट निर्वाचित भएर आउनुपर्ने वैधानिक प्रावधान छल्ने कुरामा मत मिलेका देउवा र पौडेल महाधिवेशन नै सार्न समेत तयार भएको बुझिएको छ । 

महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु शेखर कोइराला र रामशरण महतले पनि भावी सभापतिका लागि आफू तयार रहेको बताएपछि देउवाले पौडेललाई काखी च्याप्न थालेको एक केन्द्रीय सदस्यले बताए । अनुकूल भए आफैं सभापतिमा दोहोर्याउन तयार देउवाले अरु दावेदारको दवाव बढ्दै जाँदा आफू कमजोर हुने अवस्था देखेपछि पौडेलको साथ लिएर महाधिवेशन नै पर धकेल्ने तयारी गरिरहेको जानकार सूत्रले बताएको छ ।

यसैबीच, काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने भन्दै चलखेल गरिरहेका नेताहरुलाई चेतावनी दिएका छन् ।

आईतबार गोरखामा संवाददाताहरुसँग कुरा गर्दै युवा नेता थापाले महाधिवेशनलाई दुई÷अढाइ वर्ष पछाडि धकेल्न लागिएको संकेत गर्दै त्यसो गरिए पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्न माग गरेका छन् ।

‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, थापाले भने, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।” 

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको घोषणा गरे । 

“अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।” 

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनीहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उनले भने, “अब पुराना नेतालाई बढो सम्मान दिएर   राख्नेछौँ ।” 

राससका अनुसार, नेता थापाले अहिलको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ । “शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ”, उनले भने, “यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।”
 

किन उठ्यो देउवामाथि नैतिक प्रश्न

काठमाडौं । सभापति शेरबहादुर देउवा यतिबेला कुन विधान अन्तर्गत पार्टी संचालन गरिरहेका छन् भनेर नेपाली कांग्रेसकै नेता कार्यकर्ता प्रश्न गरिरहेका छन्

एकजनालाई न्यायाधीश हुननदिन अर्का न्यायाधीशको छटपटी

काठमाडौं । सर्बोच्च अदालतको पेशीमा चढ्दै नचढेको मुद्दालाई पेशीमा चढेको भन्ने गलत दावी गर्दै सर्बोच्चका लागि न्यायाधीश सिफारिस भएका एकजना बरिष्ठ

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

भीमदत्तनगर, ३ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको

पूर्व राजाको घरदैलो अनुभव र नयाँ ध्रुवीकरण

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नव वर्षको शुभकामना सन्देश दिँदै केही नयाँ र गम्भीर राजनीतिक अर्थ लाग्ने आफ्ना धारणा पनि सार्वजनिक गरेका छन् ।