भेनेजुएलापछि ‘जनयुध्द दिवस’ को टन्टन्

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आसन्न ‘जनयुध्द दिवस’ को बिषयमा गम्भीर बहस सुरु भएको बुझिएको छ । २०५२ सालको फागुन एकमा हिंसात्मक विद्रोह सुरु गरेको पूर्व नेकपा माओवादीले यसदिनलाई ‘जनयुध्द दिवस’ भनेर पर्व जस्तै मनाउँदै आएको छ । तर यतिबेला पूर्व माओवादी र पूर्व एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यद्यपि यसको संगठन संरचना त्यसअनुरुप मिलिसकेको छैन ।

यसैमा बहस चलिरहेका बेला नजिकिएको ‘जनयुध्द दिवस’ मनाउने कि नमनाउने,मनाए कसरी मनाउने भन्ने बिषयमा खासगरी पूर्व माओवादी पक्षका नेताहरुबीच चर्को बहस भैरहेको बुझिएको छ । त्यस दलका उच्च तहका नेताले अध्यक्ष पुष्पकमल दाहालसँग ‘जनयुध्द दिवस’ नमनाए इतिहासप्रति बेमानी गरेको आक्षेप लाग्ने छ भनेर दवाव दिईरहको बुझिन्छ ।

यता सत्ताको नेतृत्वमा रहेको पूर्व एमाले पक्ष भने ‘जनयुध्द दिवस’बारे प्रतिक्रियाहीन रहेको बुझिन्छ । उसका लागि कुनै राजनीति महत्व नबोक्ने ‘जनयुध्द दिवस’ कुन प्रसंग मिलाएर मनाउने भन्ने अन्योल रहेको त्यस दलका एक केन्द्रीय सदस्यले बताए । 

ओली र दाहालको छटपटी

यही बिषयमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न दाहाल शनिबार बालुवाटार पुगेका थिए । आफ्ना पक्षका नेताहरुको दवाव बढ्दै गएपछि तनावमा परेका दाहालले नेकपाका अर्का ओलीसँग बिस्तारमा छलफल गरे । पार्टी एकीकरण भएपछि ‘जनयुध्द दिवस’ बारे के गर्ने भन्ने बिषयमा कुनै स्पष्ट नीति नभएकाले समस्या उत्पन्न भएको र यसलाई सल्टाउनु आवश्यक परेको धारणा दाहालले प्रधानमन्त्री ओलीसँग राखेको बताईएको छ ।

समाचार सूत्रका अनुसार, ओलीसँग छलफल गर्न जानुअघि प्रचण्डले पूर्व माओवादी नेताहरुसँग ‘जनयुध्द दिवस’ को विषयमा छलफल गरेका   थिए । उनीहरुसँग छलफल सकेर ओलीलाई भेट्न उनी वालुवाटार पुगेको थाहा भएको छ । दाहालले बिहान ११ बजेदेखि डेढ घन्टा ओलीसँग छलफल गरेर फर्किएको बालुवाटार सूत्रले बतायो ।

भेनेजुएला प्रकरण सेलाउन नपाउँदै दाहालले माओवादी फेरि जन्मन सक्छ भन्दै दिएको चेतावनीले शीर्ष नेतावीचकै सम्बन्ध तनावमा परेका बेला शनिबार उनीहरुबीच वार्ता भएको छ तर वार्ताको अरु बिषयबारे जानकार नभएको सूत्रको भनाई छ ।

‘जनयुद्ध दिवस कसरी मनाउने भन्ने विषयमा दाहालले पूर्व माओवादीका साथीहरुसँग छलफल गरिरहनुभएको छ र यही विषयमा कुराकानी गर्न अर्का अध्यक्ष ओलीलाई भेट्न जानुभएको थियो’– दाहाल निकट एक नेताको भनाई थियो । 

पूर्व माओवादीका कतिपय ‘हार्डलाइनर’ नेताहरु नेकपा पार्टीकै तर्फबाट जनयुद्ध दिवस मनाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । तर, कतिपय नेताहरु चाहिँ पूर्व एमाले नेता–कार्यकर्तालाई जबर्जस्ती जनयुद्ध दिवस थोपर्नु जायज नहुने पक्षमा देखिएका छन् ।

  जनयुद्ध दिवस मनाउने पूर्व माओवादी नेताहरुले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुसँग पनि छलफल गरिसकेको बुझिएको छ । उनीहरुले पार्टीकै तर्फबाट जनयुद्ध दिवस मनाउन जायज नहुने विचार राखेको बुझिन्छ । 

  दाहाल निकट अर्का एक नेताका अनुसार पार्टीको तर्फबाट जनयुद्ध दिवस मनाउन उपयुक्त नहुने धारणा ओलीले पनि व्यक्त गरेका छन्, ओलीले केही संघसंस्था परिचालन गरेर उनीहरुको व्यानरमा जनयुद्ध दिवस मनाउनु उपयुक्त हुने भनी दाहाललाई सुझाव दिएका छन् । 

‘भेनेजुएला प्रकरणले तनावमा रहेका नेकपा शीर्ष नेता दाहाल र ओलीले ‘जनयुध्द दिवस’आत्मसात गर्छन् कि बेवारिस छोड्छन्,त्यो हेर्न हामी प्रतिक्षारत् छौं’एक पूर्व माओवादी नेताले आईतबार बिहान सरल पत्रिकासँग बताए । (फायल तस्बिर)

देउवाले शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने

पर्सा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित

‘राजतन्त्र हटाउन हतार गरियो’: प्रा.डा. ढुंगेल 

काठमाडौं, ८ फागुन । एकजना प्राध्यापकले नेपालबाट राजतन्त्र हटाउन हतार गरिएको विश्लेषण गरेका छन् । उनले भनेका छन्–‘राजा आउने वा नआउने भन्ने कुरा

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय