संस्थापनपक्ष महासमिति बैठकको म्याण्डेट विपरित जान खोजेपछि कांग्रेसभित्र फेरी विवाद

काठमाडौ,२७ माघ । नेपाली कांग्रेसभित्र पार्टी विधानलाई लिएर फेरि तिव्र मतभेद उत्पन्न भएको छ । पुष ८ गते काठमाडौमा सम्पन्न महासमितिबाट पारित भएका कतिपय विषयलाई विधानमा समावेश नगरिएपछि कांग्रेसभित्र तिव्र मतभिन्नता उत्पन्न भएको हो ।महासमितिको बैठक सकिएको डेढ महिनाभन्दा पनि बढी समय हुँदा समेत नयाँ विधान लागू हुन सकेको छैन । 

महासमितिले पारित गरेको केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने विषयमा मुख्य विवाद देखिएको छ । असन्तुष्ट कांग्रेसका एक जना केन्द्रीय सदस्यले भनेः‘ महासमितिको बैठकबाट पारित भएका प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकले थप्न, काट्न र घटाउन सक्दैन । काटेर उल्टाउने अनुमति पनि छैन । परिमार्जन मात्रै गर्न सक्छ । महासमिति बैठकको भावनामा तलमाथि नहुने गरी परिमार्जन गर्ने अधिकार मात्र कार्यसमितिलाई दिएको छ ।’

केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिदेखि केन्द्रीय सदस्यसम्म बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्छ र समावेशीको अवसर एकपटक मात्रै हुनुपर्छ भन्ने विषयलाई केन्द्रीय समितिले पारित नगरेको, तर महासमितिको बैठकले प्रस्तावलाई पारित गरेको बताए । उनले भनेः‘महासमिति बैठकमा बोल्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत यी दुई विषयलाई विधानमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो, महासमितिले पारित गरेका विषयलाई केन्द्रीय कार्यसमितिले परिवर्तन गर्ने कुरा मान्य छैन् ।’

तर,अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले भने आरक्षणबाट एक दुईपटक मात्रै सरकारी पद र केन्द्रीय समितिमा आउन दिनुपर्ने, त्योभन्दा बढी दिनु हुँदैन भन्ने कुरा ठीक नभएको, आठवटा समूहबाट आरक्षणको व्यवस्था भएपछि सबै वर्ग र समूहको प्रतिनिधित्व भइसकेपछि ‘खुला’ भनेर राख्नुपर्ने तर्क गरे ।

नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह के.सी.ले हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले सभापतिदेखि केन्द्रीय सदस्य सबै बुथ कमिटिबाट निर्वाचित भएर आउनुपर्ने र आरक्षण पटक–पटक एकै व्यक्तिलाई दिन नहुने प्रस्ताव पारित गरेको बताए । उनले जिल्ला सभापतिहरुको भेलाको निष्कर्षलाई महासमिति बैठकले समेत स्वीकार गरेकाले केन्द्रीय समितिले उल्ट्याउन नसक्ने जिकिर गरे ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउँदा अहिलेको जस्तो गुटबन्दी नहुने, नेताहरु तल्लो तहसम्म जिम्मेवार हुने र केही नेताको चाकडी गरेर ठूलो पदमा पुग्ने अभियानको अन्त्य हुने भनाइ अधिकांश नेताहरुको जिकिर छ । महासमिति बैठकले पारित गरेका विषयहरु विधानमा हुबहु समेट्न नसकिने संस्थापन पक्षको अडानले विधानलाई अन्तिम रुप दिन ढिलाई भईरहेको छ ।

एकजनालाई न्यायाधीश हुननदिन अर्का न्यायाधीशको छटपटी

काठमाडौं । सर्बोच्च अदालतको पेशीमा चढ्दै नचढेको मुद्दालाई पेशीमा चढेको भन्ने गलत दावी गर्दै सर्बोच्चका लागि न्यायाधीश सिफारिस भएका एकजना बरिष्ठ

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

भीमदत्तनगर, ३ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको

पूर्व राजाको घरदैलो अनुभव र नयाँ ध्रुवीकरण

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नव वर्षको शुभकामना सन्देश दिँदै केही नयाँ र गम्भीर राजनीतिक अर्थ लाग्ने आफ्ना धारणा पनि सार्वजनिक गरेका छन् ।

\'जसले हिन्दु राष्ट्रको एजेण्डा बोक्छ उही कांग्रेस सभापति\'

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही नेता आफ्नो पार्टीको सभापति चुनिने बताएका छन्