धादिङमा बस दुर्घटनाः चालकको मृत्यु,१३ जना घाइते

धादिङ,२७ माघ । लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

यी तीन प्रकारका पुरुष धोकेबाज हुन्छन्

एजेन्सी । दिगो सम्बन्धको लागि महिला र पुरुषको उत्तिकै योगदान हुने गरेको छ । हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई कालान्तर सम्मको लागि लान चाहन्छन्

मानव मलमूत्र व्यवस्थापनमा सात करोड खर्च   

भद्रपुुर, ७ फागुन । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा मानव मलमूत्र व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड बढीको लागतमा मानव मलमूत्रीय फहोरो

 साइकलको भरमा परिवार पाल्दै एकल महिला

भीमदत्तनगर, ७ फागुन । सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि

 सामाजिक सञ्जालप्रति कठोर बन्दै सरकार

काठमाडौं । सामाजिक सञ्जालमा जथाभावी मनको भँडास पोखेर रमाउने समय सकिँदै गएको बुझिन्छ । यसको सदुपयोगभन्दा दूरुपयोग भएको निष्कर्ष निकाल्दै सरकार