आज श्रीपञ्चमी मनाईदै,राष्ट्रपतिद्वारा बसन्त श्रवण

काठमाडौ,२७ माघ । माघ शुक्ल पञ्चमीका दिन आज (आइतबार) समस्त हिन्दूले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको आराधना गरेर श्रीपञ्चमी मनाउँदैछन् । यसै अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गर्ने प्रचलन छ । यस दिनलाई नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाहलगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने दिनको रूपमा लिइन्छ । 

यसै दिन शिशुलाई अक्षराम्भ गराउने र नाक कान छेडाउने प्रचलन पनि छ । गैरीधाराको नील सरस्वती, लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वती खेल, मैतिदेवीको सरस्वती मन्दिर, स्वयम्भूलगायतका मुलुकभरका सरस्वती मन्दिरमा भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ । विद्यार्जन,गायन,भाषणकला,कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।


माघ शुक्लपक्षको पञ्चमी तिथिलाई विद्याकी देवी सरस्वतीको जन्म दिन मानेर पूजाआजा गर्ने चलन छ । देवी सरस्वतीलाई वाणीकी देवी वाग्देवी वा वागीश्वरी,कलाकी देवी भारती,शब्द र संगीतकी देवी शारदा भनेर सम्बोधन गरिन्छ । सरस्वतीको जन्मदिनलाई सरस्वती पूजा,विद्याश्रीले सम्पन्न दिन मानिन्छ । श्रीपञ्चमीदेखि वसन्त ऋतु शुरु हुन्छ । त्यही कारण श्रीपञ्चमी वसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।


नीरक्षीर छुट्टयाउन सक्ने पक्षी हाँसमा चढेकी सेतो वस्त्र पहिरेकी माता सरस्वती हातमा वीणा, पुस्तक स्फटिकको अक्षमाला र कमल लिएर अभयमुद्रामा स्थित भएको चित्रण गरिएको छ । पुस्तक, कलम, कुची बाजागाजामा पनि सरस्वतीको वास भएको मानेर पूजाआजा गर्ने चलन छ । श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी फूलप्रसाद लिएर नजिकैको सरस्वतीमन्दिरमा गएर माता शारदाको दर्शन र पूजाआजा गर्ने अनि घरमा आई आफ्ना पुस्तककापी कलमको पनि पूजा गर्ने चलन । 

श्रीपञ्चमीदेखि लोकमा वसन्तऋतु लाग्ने भएकाले यस दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । लोकमा वसन्तपञ्चमीदेखि श्रृंगार रसको धून बजाउन थालिन्छ । वसन्तपञ्चमीलाई रंगको पर्व फागू प्रारम्भ भएको पनि मान्ने गरिन्छ । यसै दिनदेखि वर्षायाम लाग्ने र खेतीपातीका लागि हलोकोदाली तयारपारी पूजा गरेर हलसारो गर्ने पनि चलन छ । कतिपय निजी विद्यालयले यो अवसरमा बालबालिकालाई निःशुल्क विद्यालय भर्नाको व्यवस्था पनि गरेका छन् ।

क्यान्सर अस्पताल : जनप्रतिनिधिले समिति गठन गरेपछि चुलियो विवाद 

  भक्तपुर, ४ भदौ । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद

प्रभावकारी बन्दै प्रदेश ३ का जनमैत्री कार्यक्रम 

  काठमाडौँ, ४ भदौ । देश संघियता गएपछि विकासको प्रणलीमा परिर्वतन भैसकेको छ । नेपाल ७ वटा प्रदेशमा विभाजित भएको छ । सबै प्रदेशले आफ्नो प्रदेश विकासको

भारतका बाह्य मामिलामन्त्रीको उपस्थिती : यस विषयमा हुदैछ विमर्श

  काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका

प्रहरीमाथि पारसकाे हातपात प्रकरणः यसरी हुँदैछ छानबिन

काठमाडाैं, ४ भदाै । केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका पूर्वयुवराज पारस शाहले