फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा हुँदै

काठमाडौ,२७ माघ । सरकारले स्वदेशमै न्यूनतम रोजगारी दिने र दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउनका लागि आगामी बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आगामी बुधबार सो कार्यक्रम घोषणा गरिने जनाइएको छ ।

चालू आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम एवं बजेटमार्फत आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्य लिएको सरकारले अब आन्तरिक श्रम बजारमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने र दिन नसकेका खण्डमा बेरोजगारी भत्ता दिने गरी सो कार्यक्रम घोषणा गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

अहिले सरकारले यस कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । मन्त्रिपरिषद्ले गत पुसमा नै पारित गरेको रोजगारी हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही आधारमा आगामी बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा हुन लागेको हो ।

यस कार्यक्रम कार्यान्वयनमा ल्याइने तयारी थालेको मन्त्रालयले अहिले मुलुकभरका कुल ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । कार्यक्रम प्रदेश ३ बाट सुरु गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अहिले यस कार्यक्रमका लागि सरकारले चालू आवका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

देउवाले शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने

पर्सा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालाई अनुशासनको कार्बाही गर्ने चेतावनी दिएका छन् । यहाँ आयोजित

‘राजतन्त्र हटाउन हतार गरियो’: प्रा.डा. ढुंगेल 

काठमाडौं, ८ फागुन । एकजना प्राध्यापकले नेपालबाट राजतन्त्र हटाउन हतार गरिएको विश्लेषण गरेका छन् । उनले भनेका छन्–‘राजा आउने वा नआउने भन्ने कुरा

सरकारले यसरी बिताएछ वर्षदिन

सरकारको कामको समीक्षा दिनदिनै भएकै हुन्छ । हाम्रो प्रचलन बनेको छ– पहिलो सय दिन र वर्षदिन । सय दिन विरुवाको पात हेर्ने– चिल्लो देखिन्छ कि खस्रो । एक

 नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौं । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय