मड्रिड डर्बीमा रियल मड्रिडको शानदार जित,उक्लियो दोस्रो स्थानमा

काठमाडौ,२७ माघ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको मड्रिड डर्बी (रियल मड्रिड र एथ्लेटिको मड्रिड) मा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अर्को मड्रिड क्लब एथ्लेटिको मड्रिडलाई ३–१ ले हराएको हो ।

१६ औँ मिनेटमा कासेमिरोको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो । २५ औँ मिनेटमा ग्रिजम्यानले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए । ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो ।

७४ औँ मिनेटमा ग्यारेथ बेलले गोल गरे र रियल मड्रिडलाई ३–१ को अग्रता दिलाए । बेलले रियल मड्रिडबाट गरेको यो उनको १०० औँ गोल हो अर्थात उनले रियल मड्रिडबाट गोलमा शतक पूरा गरेका छन् । बेलले रियल मड्रिडबाट २१७ खेलमा १०० गोल गरेका हुन् ।

बेलले गोल गरेको ६ मिनेटपछि अर्थात ८० औँ मिनेटमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो । एथ्लेटिकोका थोमस पार्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

जितसँगै रियल मड्रिड एथ्लेटिकोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । उसको २३ खेलबाट ४५ अंक भएको छ । तेस्रो स्थानमा झरेको एथ्लेटिकोको ४४ अंक छ ।

रियल मड्रिड एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोना भन्दा पाँच अंकले पछाडी छ ।

 दीपेन्द्र ऐरी र पटेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरिया डीपीएलको फाइनलमा

काठमाडौं, ८ फागुन । सीवाईसी अत्तरियाको लागि सन्नी पटेलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ ।  क्वालिफायर १ मा

विश्वकपमा भारत–पाकिस्तान खेल होला ?

एजेन्सी । भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध अहिले तनावको स्थितीमा रहेको बुझिएको छ । यहि तनावको कारण आगामी विश्वकप २०१९ को भारत–पाकिस्तानको खेल

स्वारेजको १७ खेलमा १ गोल, के हो उनको समस्या ?

एजेन्सी । क्लब वा राष्ट्र जताबाट खेलेपनि गोल गर्न नचुक्ने भेट्रान फुटबलर लुइस स्वारेजको ‘ख्याती’ गुम्दो क्रममा रहेको छ । उरुग्वेका स्टार

सुदूरपश्चिमका खेलमैदानहरु निर्माण र सुधार हुने

अछाम, ८ फागुन । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान