तपाईलाई ग्यास्ट्रिक छ ? यस्ता छन् बच्ने उपाय

एजेन्सी,माघ । ग्यास्ट्रिक हर कोहि व्यक्तिमा हुनसक्छ । अध्ययन अनुसार नेपालमा ग्यास्ट्रिक नभएको व्यक्ति सायदै होलान् । तर,ग्यास्ट्रिक हुने बित्तिकै आत्तिई हाल्नुपर्ने अबस्था छैन् । निम्न लिखित तरिका अपनाएर ग्यास्ट्रिक हुनबाट बच्न र ग्यास्ट्रिक निको पार्न सकिन्छ । 

– लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।

– ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।

– धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।

–बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

– बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

–पेटमा धेरै ग्यास भएका वेला कागती–पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।

– ग्यास्ट्रिकले बढी नै सतायो भन्दै दुखाइ कम गर्ने औषधि खाने गरिन्छ । जथाभावी औषधि सेवन गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ ।(एजेन्सीको सहयोगबाट)

मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी

काठमाडौँ, ६ वैशाख । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल

तितो कफीमा मोहित हुनुको कारण यस्तो रहेछ

एजेन्सी । मानिसको जिब्रो गुलियो, स्वादिलो र मिठो मात्र खोज्ने स्वभावका हुन्छन् । तरपनी तितो हुँदाहुँदै मानिसहरु कफी भनेपछि हुरुक्कै गर्छन् । यसरी

आँखा जोगाउने पाँच तरिका यस्ता छन्

एजेन्सी । हाम्रो शरिरको महत्वपूर्ण अंग आँखाको स्वास्थ्यमा सचेत हुनु जरुरी छ । बेलैमा आँखालाई खराब हुनबाट बचाएन भने दिर्घकालमा आँखाको समस्याबाट

 अंगुरले हर्ट अट्याकबाट जोगाउँछ 

अहिले अंगुरको मौसम हो । हपहपी गर्मीले चिटचिट पसिना आउने मौसम भएपनि यसपाली भने पुरै चैत र वैशाखका दुइदिन सिमसिमे पानीले चिसो बनाएको छ, वातावरण । मौसमले