मेडिसिटी अस्पतालको लापरवाहीको एक उदाहरण

 काठमाडौं । नेकपाका युवा नेता तथा पत्रकार सुर्य थापाको फेसबुक टिप्पणीले प्रष्ट हुन्छ पुराना नेता भरतमोहन अधिकारीको स्वास्थ्य उपचारमा सरकार र अस्पताल कति गम्भीर छन् भन्ने । खासगरी अस्पतालको लापरवाहीबारे अस्पताल प्रशासन र सरकारको सम्बन्धित निकाय किन मौन छन् भन्ने प्र्रश्न पनि उठेको छ । 

नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे पत्रकार थापाले लेखेका टिप्पणी जस्ताको तस्तै:

@ ह्याम्स अस्पताल । भरतमोहन अधिकारी यस अस्पतालमा सारिनुभएकाे छ । सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना हुनुभयाे । केही दिनपछि डिस्चार्ज गरिनुभयाे । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियाे र मेडिसिटीमै भर्ना हुनुभयाे । एक महिना उपचार गर्दा समेत २० काे १९ नभएपछि उहाँलाई हिजाेदेखि ह्याम्स अस्पतालमा सारिएकाे हाे ।

डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भराेसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूकाे उपचारले उहाँ शीघ्र निकाे भएर घर फर्किनुहुने विश्वास छ ।

तर वितेकाे १ महिनाकाे अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँकाे उपचारमा घाेर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेकाे अनुभूति जाेकाेहीलाई भएकाे छ । फाेक्साेमा जमेकाे कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएकाे हाेला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।

८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीकाे उपचारबारे अावधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालकाे कस्ताे जवाफदेहीपन हाेला ? बुझ्न गा-हाे प-याे ।

खासमा याे अस्पताल कसकाे हाे ? भरतमोहन अधिकारीकाे त याे हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भाेगिरहनु परेकाे हाेला ?
शीघ्र स्वास्थ्यलाभकाे कामना ।

महानिरीक्षक खनालले सुन तस्करीका अभियुक्त भेटेका थिए ?

 दुबई । प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला सुन तस्करका आरोपितसँगै भेट गरेको समाचार अहिले चर्चाको विषय बनेको छ । खनालले  दुबईमा

यी हुन् नेपालको व्यापार घाटा बढाउने विलासी वस्तु...

काठमाडौ,माघ । समृद्ध नेपालुको लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव

जापानमा पेन्सनमा बाँच्ने वृद्धवृद्धा किन जेल जान चाहन्छन् ?

काठमाडौ,माघ । जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ– ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ।

प्रचण्डको नयाँ तुरुप: पोलिटब्यूरोमा आधा भाग

काठमाडौं । एकता भएको आठ महिनासम्म नेपाल कम्यूनिष्ट पार्टीको एकीकरणले पूर्णता पाउन सकेको छैन । एकीकरण सम्पन्न गर्न चार–चार ओटा कार्यदल गठन भईसकेपनि