असिना वर्षाले इँटा उद्योगमा  १५ करोडको क्षति

सर्लाही । लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडौंको क्षति भएको छ । 

यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि तयार पारेको काँचो इँटा गलेर उक्त मूल्य बराबरको क्षति भएको इँटा उद्योगीले जनाएको छ । 

हावाहुरीसँगै हिजो र आज असिनासहित पानी पर्दा सर्लाहीको इँटा उद्योगीलाई ठूलो क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताए। पोल्नका लागि तयारी अवस्थमा रहेको इँट्टा असिनासहित वर्षा हुँदा गलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । 

सर्लाहीमा ७२ भन्दा बढी इँट्टा उद्योग छन् । सङ्घका अध्यक्ष चौधरीले आफू हरिपुर नगरपालिका लक्ष्मीपुरस्थित सञ्चालन गरेको किसन इँटा उद्योग र शक्ति फिक्स इँटा उद्योगमा असिना र वर्षाले करीब रु ३० लाख बराबरको इँटा गलेर क्षति भएको बताए। 

पोल्नका लागि तयार पारिएको करीब रु सात लाख इँटा पानीले गलेर काम नलाग्ने भएको सूर्या इँटा उद्योग कविलासी नगरपालिकाका उद्योगी जगरनाथ राय यादवले जानकारी दिए। यसबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको उनले बताए। 

आफूले सञ्चालन गरेको विकास फिक्स इँटा उद्योग र शक्ति इँटा उद्योगमा पनि वर्षाले ठूलो क्षति भएको उनले बताए। 

वर्षाले इँटा व्यवसायीको ढाँड भाच्चिएको नवराज इँटा उद्योग गौडैताका सञ्चालक वासुदेव चौधरीले बताए। आफ्नो रु २१ लाख भन्दा बढीको इँटा वर्षाले बर्बाद भएको चौधरीले बताए। 

असिनाले बालीमा पनि क्षति 

लगातार दुई दिन असिनासहित परेको पानीले बालिनालीमा समेत क्षति गरेको छ । असिनाले गोलभेँडा, रहर, तोरी, मुसुरो, प्याज लगायतको बालीनालीमा क्षति पुगेको छ । 

त्यस्तै मजुरा लागेको आँपको बोटमासमेत असिनाले क्षति पु¥याएको किसानको भनाइ छ । रासस

 विश्वकै ठूलो बैंकको नाफा २० अर्ब डलर

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा

 होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द

दूरसंचार कर नबुझाउने व्यापारीलाई प्रचण्ड र शशांकको संरक्षण

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरुको संरक्षण पाएका कतिपय व्यापारीले ठूलो परिमाणमा दूरसंचार कर नतिरेको देखिएको छ । त्यस्ता दूरसंचार

मीराको जीवन बदल्यो दुबोले

पोखरा । कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगँैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो