एन्फाले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्ने 

 

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको   छ । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) र एशियाली फुटबल महासङ्घ (एएफसी)द्वारा आयोजना हुने विभिन्न उमेर समूहको प्रतियोगितामा बलियो उपस्थिति जनाउन आगामी फागुनको पहिलो साताबाट खेलाडीको छनोट खुल्ला प्रतिपस्र्धाबाट गरिने जानकारी दिए। 

उमेर समूहको दक्षिण एशियाली फुटबल प्रतियोगिता र एशियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्नेछ । “खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट हुने टोलीले प्रतियोगितामा नतिजा सोचेभन्दा राम्रो आउने भएकाले यो कार्यक्रम शुरु गर्न लागेका हौँ ।” महासचिव तुलाधरले भने। 

एन्फाका अनुसार उक्त प्रतियोगिताहरुमा सभागिता जनाउने खेलाडी र एन्फा एकेडेमीका लागि आवश्यक खेलाडी छनोट आगामी फागुनको पहिलो सातादेखि शुरु गर्नेछ । 

एन्फामा आबद्व जिल्ला फुटबल सङ्घलाई पत्र लेख्दै एन्फाले उमेर समूहका खेलाडी छनोट गरिने जनाउँदै खेलाडीको प्रशिक्षण शुरु गर्न समेत आग्रह गरेको छ । 

महासचिव तुलाधरका अनुसार एन्फामा उमेर समूहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन् । अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ । रासस

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका