प्रियंका कसरी बनिन् ट्रोलको सिकार ?

मुम्बई,२६ माघ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडा ट्रोलको सिकार बनेकी छन् । प्रियंका चोपडा र उनका पति निक जोन्सले केही दिन पहिले न्युयोर्कमा आफ्नो विवाहको रिसेप्सन पार्टी दिएका थिए ।

सो समारोहका फोटाहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । हालै पनि प्रियंकाले आफ्नो हट फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

तस्बिरमा प्रियंका निकको छातीमा टाउको राखेर ढल्केकी छिन् । उनले क्याप्सन लेखेकी छिन्,‘होम’ । तर, त्यो फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ट्रोल बनाएका छन् ।

अधिकांश प्रयोगकर्ता हैरान भए किनकी आखिर सेलेब्रिटीको यस्तो तस्बिर कसले लिन्छ ? उक्त सिन बारे एक प्रयोगकर्ताले लेखेका छन्,‘बेडरुममा फोटोग्राफरलाई लुकाएर राखेका छौ कि क्या हो ?’

त्यस्तै,अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्‘सायद यो तस्बिर प्रियंकाको आमाले खिचेको हुनुपर्छ ।’ 

कमेडियन भारती सिंहलाई दमको ‘अट्याक’

एजेन्सी । कलर्स टेलिभिजनमा चलिरहेको रियालिटी शो ‘खतरो के खिलाडी’ मा स्टन्ट गर्दा कमेडियन सिंहलाई दमको अट्याक आएको छ । उक्त कार्यक्रममा पानीमा

प्रियंका चोपडा गर्भवति रहेको हल्ला निराधार–मधु चोपडा

एजेन्सी । बलिउड नायिका प्रियंका चोपडा गर्भवति रहेको हल्ला निराधार रहेको उनकी आमा मधु चोपडाले बताएकी छिन् । दुई महिना अगाडि भव्यताका साथ बिहे गरेकी

कमेडियन कपिल शर्मा विरुद्ध ट्वीटर ट्रेन्डीङ ?

एजेन्सी । भारतमा चर्चित रहेका कमेडियन कपिल शर्मा विरुद्ध ट्वीटरमा आक्रोश पोखिएको छ । उनले पूर्व क्रिकेटर तथा राजनीतिज्ञ नवजोत सिंह सिद्दुको

रजनीकान्तले २०१९ को लोकसभा चुनाव नलड्ने

एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तले सन् २०१९ को लोकसभा चुनाव नलड्ने घोषणा गरेका छन् । उक्त घोषणासँगै उनले चुनावको क्रममा प्रचार गर्न उनको