चन्द्रागिरी फेरी हिँउले सेताम्मे, पानी पर्नेक्रम पनि जारी

काठमाडौ,२६ माघ । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा फेरी हिउँ परेको छ । यसपटकको हिँउदमा चन्द्रागिरीमा यो तेस्रो पटक हिँउ परेको हो ।

पश्चिमी वायुको प्रभावले गत मंगलबारदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाए छ भने उपत्यकाको चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।

हिउँ परेपछि चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् । यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो ।

अघिल्लो पटक चन्द्रागिरीमा हिँउ परेसंगै आन्तरिक तथा बाह्य पर्यटकको निकै भिड लाग्ने गरेको थियो । तर, यसपटक हिउँ परे पनि वर्षा भइरहेकाले आन्तरिक तथा बाह्य पर्यटकको चहल–पहल भने खासै देखिएको छैन । 

काठमाडौ उपत्यका बाहेक मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भईरहेको छ । अधिकांश उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिँउ परेको छ ।

क्यान्सर अस्पताल : जनप्रतिनिधिले समिति गठन गरेपछि चुलियो विवाद 

  भक्तपुर, ४ भदौ । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद

प्रभावकारी बन्दै प्रदेश ३ का जनमैत्री कार्यक्रम 

  काठमाडौँ, ४ भदौ । देश संघियता गएपछि विकासको प्रणलीमा परिर्वतन भैसकेको छ । नेपाल ७ वटा प्रदेशमा विभाजित भएको छ । सबै प्रदेशले आफ्नो प्रदेश विकासको

भारतका बाह्य मामिलामन्त्रीको उपस्थिती : यस विषयमा हुदैछ विमर्श

  काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका

प्रहरीमाथि पारसकाे हातपात प्रकरणः यसरी हुँदैछ छानबिन

काठमाडाैं, ४ भदाै । केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका पूर्वयुवराज पारस शाहले