राजकुमारी उबोलरतना माहिडोलको कदमप्रति थाइल्याण्डका राजाको आपत्ति

बैंकक,२६ माघ । थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदी (राजकुमारी  उबोलरतना माहिडोल) ले आउँदो चुनावमा प्रधानमन्त्रका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि त्यसको आलोचना गरेका छन् ।

राजा वाजिरालङ्कोर्नकी दिदी राजकुमारी  उबोलरतना माहिडोलले प्रधानमन्त्रीका लागि प्रधानमन्त्रीका लागि दाबेदारी प्रस्तुत गरेकी छन् । ६७ वर्षकी  उबोलरतनालाई पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको हो ।

राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका छन् । राजाले वक्तव्य जारी गरेर यस्तो कदमले देशको सँस्कृतिको अवमूल्यन हुने टिप्पणी गरेका छन् ।

राजाकी दिदी प्रधानमन्त्री बनेमा थाइ राजपरिवारका सदस्य अहिलेसम्म सार्वजनिक रुपमा राजनीतिबाट बाहिर रहँदै आएको परम्परा तोडिने छ ।

राजाले यस्तो वक्तव्य जारी गरेपछि देशको निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावका लागि राजकुमारी  उबोलरतनालाई अयोग्य घोषित गर्ने सम्भावना रहेको विश्लेषण गरिन थालेको छ । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ । थाइल्याण्डमा पाँच वर्षदेखि सैन्य शासन रहेको छ ।

 चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय 

बेइजिङ । चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।  भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

लन्डन, ८ फागुन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ । अघिल्लो

माल्दिभ्समा प्रतिशोधको राजनीति, पूर्वराष्ट्रपति यमिनलाई पक्राउ गर्न आदेश

माले, माल्दिभ्स, ७ फागुन ।  माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति

 ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको सिफारिस

टोकियो । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले