प्रधानाध्यापकको कुटाइले घाईते विद्यार्थी अस्पताल भर्ना 

फिदिम । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । 

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ । खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो । 

यद्यपि कक्षा ९ कै विद्यार्थीले २०/२० रुपैयाँ सङ्कलन गरी कुर्सी मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् । 

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताए। कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अधिकारीको भनाइ छ । “टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नुपर्छ । यसका लागि २४ घण्टा पर्खनुपर्छ” अधिकारीले भन्नुभयो, “हामीले दुखाइ कम गर्ने औषधि दिएका छौँ ।” यही विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए । 

यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ । गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घट्ना सार्वजनिक भएका विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की दिएका थिए । रासस

प्रदेश सरकारको पहलमा वहुप्राविधिक महाविद्यालय सञ्चालन

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ मा वहुप्राविधिक महाविद्यालय कक्षा सञ्चालन हुने भएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको पहलमा

प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको भाँचियो दाँत 

बागलुङ । बागलुङ नगरपालिका १४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतम विद्यार्थीको दाँत भाचिने गरि कुटेका छन् । शिक्षक गौतमले कक्षा १० मा अध्ययनरत

  चाणक्य भन्छन्ः कुरौटेसँग टाढै बस

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः   मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख व्यक्ति

यी हुन् सबैभन्दा होचा डिग्रीधारी 

भावनगर (गुजरात) । तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाको बिहीबार स्थानीय  मेडिकल कलेजमा पहिलो दिन थियो । उनी पहिलो वर्ष शैक्षिक शत्रको सम्मेलन