एक बलमा १७ रन खर्चेपछि...


एजेन्सी । क्रिकेट खेलमा एक बलमा बढिमा ६ रन मात्र जोड्न सकिन्छ । एउटा बललाई सबैभन्दा बढि दुरीमा उडाएर बनाउन सक्ने रन भनेको ६ रन मात्रै हो ।

तर बीग बाश लिग (बीबीएल) को खेलमा एक बलमा १७ रन खर्चिए पछि नयाँ किर्तिमान नै बनेको छ । बिहिबार होबार्ट हर्रिकेनको घरेलु मैदानमा खेलिएको खेलमा टोलीका पेसर राइली मेरेडिथले मेलबर्न रेनिगेड्स विरुद्ध उक्त रन खर्चिएका हुन् ।

पहिले ब्याटिङ गरेको होबार्टले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्न आएको मेलबर्न विरुद्धको पहिलो ओभर फ्याँकेका राइलीको उक्त ओभर नै कीर्तिमानको भागिदार भयो । यद्यपी यस्तो कीर्तिमान कुनै बलरले आफ्नो नाममा लेखाउन चाहँदैनन् ।

पेस बलिङ गरेका उनले १५० किलोमिटर प्रतिघण्टाको स्पीडमा बलिङ गरेपनि पहिलो ओभरमा चौथो ओभर उनलाई महँगो साबित भयो ।

पहिलो ओभरको चौथो बल फालेका उनको बलमा ब्याटसम्यानले एक रनमात्र लिएपनि उनले सो बल ओभर स्टेप गर्दै नो बल फालेका थिए ।

उक्त बलको भर्पाइ गर्न फेरी बलिङ गरेका उनले वाईड बल गरेकोमा बल चौका भइ कुल पाँच रन वाईडको रुपमा गयो ।

त्यसपछि फ्याँकेको १४७ किमि प्रतिघण्टा स्पीडको बललाई ब्याटसम्यान आरोन फिन्चले चौका बनाइदिए । तर दुर्भाग्यबस उनले त्यस बेलमा पनि ओभर स्टेप गरी नो बल नै फाले ।
पुनः बलिङ गरेका उनले फुल टस फाल्ने क्रममा फेरी नो बल गरे । सो बल पनि फिन्चले चौका नै बनाइदिए । त्यसपछि फालेको बलमा १ रन लिएसँगै चौथो बल पूर्ण त भयो तर यसबिचमा उनले उक्त बलको लागि १७ रन खर्चिए ।

उनले सो खेलमा कुल ३ ओभर बलिङ गर्दै ४३ रन खर्चिदै १ विकेट लिए । उनको व्यक्तिगत प्रदर्शन बिर्सनलायक भएपनि उनको टोलीले खेल भने १६ रन जित्न सक्यो ।

 

 

 दीपेन्द्र ऐरी र पटेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरिया डीपीएलको फाइनलमा

काठमाडौं, ८ फागुन । सीवाईसी अत्तरियाको लागि सन्नी पटेलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ ।  क्वालिफायर १ मा

विश्वकपमा भारत–पाकिस्तान खेल होला ?

एजेन्सी । भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध अहिले तनावको स्थितीमा रहेको बुझिएको छ । यहि तनावको कारण आगामी विश्वकप २०१९ को भारत–पाकिस्तानको खेल

स्वारेजको १७ खेलमा १ गोल, के हो उनको समस्या ?

एजेन्सी । क्लब वा राष्ट्र जताबाट खेलेपनि गोल गर्न नचुक्ने भेट्रान फुटबलर लुइस स्वारेजको ‘ख्याती’ गुम्दो क्रममा रहेको छ । उरुग्वेका स्टार

सुदूरपश्चिमका खेलमैदानहरु निर्माण र सुधार हुने

अछाम, ८ फागुन । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान