मेलबर्न स्टार्सको खेल भोली, सन्दीप खेल्ने पक्का

काठमाडौं, २४ माघ । युएई विरुद्धको एकदिवसिय अन्तर्राष्ट्रिय (ओडीआई) र टी–२० सिरिज नेपाललाई जिताएर अष्ट्रेलिया लागेका सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सले भोली लिग चरणको अन्तिम दुई मध्येको एक खेल खेल्दैछ ।

बीग बाश लिग (बीबीएल) अन्तर्गत ब्रीसबेन हिट विरुद्धको उक्त खेल जितेमा स्टार्सको सेमिफाइनलमा स्थान पक्का हुनेछ । स्टार्सको अर्को खेल बलियो टोली सिड्नी सिक्सर्ससँग भएकोले पनि भोलीकै खेल जितेर स्टार्स प्रतियोगिताको उपाधि तर्फ लम्किन चाहन्छ ।

महत्वपूर्ण खेल अगाडि सन्दीप फर्केपछि स्टार्स पनि हौसिएको छ । सन्दीपलाई अन्तिम ११ राख्ने घोषणा गरेको स्टार्सले लायाम प्लन्केटको स्थानमा उनलाई खेलाउने भएको हो । दुई विदेशी खेलाडी खेलाउने नियम रहेकोमा स्टार्सको टोलीमा ड्वायेन ब्राभो र सन्दीप मात्र रहेकाले उनले खेल्ने पक्का भएको हो ।

यसअघि सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न जाँदा उनको स्थानमा लायामलाई स्टार्सले ल्याएको थियो । औसत प्रदर्शन गरेका उनले टोलीको लागि ८ खेल खेल्दै १२ विकेट लिएका छन् भने ८.२२ को औसतमा रन खर्चेका छन् ।

अति प्रतिस्पर्धात्मक यस प्रतियोगिताको बिचको समयमा सन्दीप नहुँदा र कप्तान ग्लेन म्याक्सवेल, एडम जाम्पा, पिटर ह्याण्डसकम्ब र मार्कस स्टोइनिस राष्ट्रिय टोलीमा पर्दा स्टार्सले बलियो प्रदर्शन गर्न सकेन । तथापी यि सबै खेलाडी अहिले स्टार्सको लागि उपलब्ध भएकोले ब्रीसबेनमा हुने खेलमा जित दर्ता गर्दे सेमिफाइनल स्थान पक्का गर्ने दाउमा टोली रहेको छ ।

यहि प्रतियोगितामा पहिलो लेग खेलमा भने स्टार्सले ब्रीसबेनलाई ५ रनले हराएको थियो । उक्त खेलको लागि सन्दीप टोलीमा थिएनन् । सोहीकारण पनि स्टार्सले सन्दीप फर्केसँगै उत्साह बढेको देखाउँदै सामाजिक संजालमा उनी फर्केको र टोलीमा समावेश भएको विषयलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ ।

सन्दीपले युएई विरुद्धको टी–२० सिरिजको ३ खेलमा ५ विकेट लिने क्रममा प्रतिओभर ६.७ रन खर्चेका छन् । त्यस्तै बीपीएलमा उनले ६ खेलमा ४ विकेटमात्र लिएपनि प्रतिओभर ५.६६ रन मात्र खर्चेका थिए ।

बीबीएलको सुरुवाती ४ खेल खेलेका सन्दीपले अहिले सम्म प्रतिओभर ६.८१ रन खर्चिदै ८ विकेट लिइसकेका छन् । विभिन्न स्थान र परिवेशमा खेलेर खारिएका उनिबाट टोलीले धेरै अपेक्षा गरेको बताइएको छ ।

खेल नेपाली समयअनुसार भोली अर्थात् शुक्रबार दिउँसो ३ः२५ मा सुरु हुने तालिका रहेको छ ।

 

 दीपेन्द्र ऐरी र पटेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरिया डीपीएलको फाइनलमा

काठमाडौं, ८ फागुन । सीवाईसी अत्तरियाको लागि सन्नी पटेलले अलराउन्ड प्रदर्शन गर्दै काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ ।  क्वालिफायर १ मा

विश्वकपमा भारत–पाकिस्तान खेल होला ?

एजेन्सी । भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध अहिले तनावको स्थितीमा रहेको बुझिएको छ । यहि तनावको कारण आगामी विश्वकप २०१९ को भारत–पाकिस्तानको खेल

स्वारेजको १७ खेलमा १ गोल, के हो उनको समस्या ?

एजेन्सी । क्लब वा राष्ट्र जताबाट खेलेपनि गोल गर्न नचुक्ने भेट्रान फुटबलर लुइस स्वारेजको ‘ख्याती’ गुम्दो क्रममा रहेको छ । उरुग्वेका स्टार

सुदूरपश्चिमका खेलमैदानहरु निर्माण र सुधार हुने

अछाम, ८ फागुन । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान