बिर्तामोड महोत्सवमा मार्सी चामलको चर्चा, अवलोकनकर्ताको आकर्षण

भद्रपुर,२३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा जुम्लाको मार्सी चामले निकै चर्चा पाएको छ । महोत्सवमा राखिएका स्टलमध्ये मार्सी चामलको स्टलमा अवलोकनकर्ताहूको दिनदिनै ठुलो भिड लाग्ने गरेको आयोजकले बताएका छन् । महोत्सवमा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको पनि जनाइएको छ ।

‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले जानकारी दिईन् । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ ।

‘पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो’, उनले भनिन्‘ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिले जनाएको छ । 

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको आयोजकले जनाएका छन् । समितिका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आज सकिँदैछ ।

 करोडौं बिद्युत महसुल नतिर्ने उद्योगी अख्तियारको कठघरामा पर्दै

काठमाडौं,२ वैशाख । नेपालका नाम चलेका उद्योगी व्यवसायीले आफ्नो उद्योग कलकारखाना चलाउन प्रयोग गरेको बिजुलीको महसुल नतिरेको बुझिएको छ । उनीहरुले नेपाल

मलेशियाको कलिङ भिसाधारी ६४ ले पाए श्रम स्वीकृति

काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम

जुम्लामा ५८ किलोवाट विद्युत आयोजना निर्माण

जुम्ला, २९ चैत । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुने क्रममा छ

किड्नी फेरेका उद्योगपती दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । उद्योगपती दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतमा रहेका उनको त्यतै मृत्यु भएको उनको पारिवारिक श्रोतले बताएको छ । गोल्छा