प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको आकस्मिक भेट

काठमाडौं । अमेरिकी राजदूत रेण्डि बेरीले आज केहीबेर अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

बालुवाटार सूत्रका अनुसार, नेपालका लागि राजदूत बेरीले पछिल्ला चर्चित र विवादाष्पद घटनाका बारेमा प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका    छन् । 

 समाचार सूत्रका अनुसार, प्रधानमन्त्रीको आजको कार्यतालिकामा अमेरिकी राजदूतले भेट गर्ने कुनै कार्यक्रम थिएन । 

यतिबेला सत्तारुढ दलभित्र नै तनावको बिषय बनेको भेनेजुयला प्रकरण सेलाउन नपाईकन अमेरिकी राजदूतको बालुवाटार भ्रमण अर्थपूर्ण मानिएको सूत्रले बताएको छ । केहीदिन अघि प्रधानमन्त्री स्वयं उपस्थित कुटनीतिक समूदायसँगको बैठकमा राजदूत बेरी गएका थिएनन् । उनले दूतावासका प्रतिनिधि पठाएर अमेरिकी असन्तुष्टि पोखेका थिए ।  (फायल तस्बिर)

सिकारु चालकले गाडी चलाउँदा चारजनाको ज्यान गयो 

बागलुङ, ९ फागुन । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको

 रहेनन् साहित्यकार शिव रेग्मी 

काठमाडौं । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।  विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मिएका

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत, ८ फागुन । विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार

पर्यटन बोर्डमा धमला र पौडेल नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक