सैनिकको रक्तदान,जोगियो सुत्केरीको ज्यान

डोटी, २२ माघ ।  दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । 

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पार्बती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेठाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो । 

यस्तो स्थितिमा नेपाली सैनिकले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएकाले निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए। उनले भने, “शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो तर बेलैमा रगत उपलब्ध भएपछि उहाँको ज्यान जोगियो ।” राससका अनुसार, नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत उपलब्ध गराउँदै आएको छ । 

हरियो झण्डाको मतलब, बालश्रमिक छैन

डोटी, २५ चैत । जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा

पढेलेखेकाहरु नै बेचिन थालेपछि...

काठमाडौँ, १८ चैत । पत्याउन गाह्रो नै हुन्छ, छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौं कष्टकर जीवन भोगिरहेका

अनौठो रोगले दुईको मृत्यु, चार ओछ्यानमा

खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको

आगलागीमा सम्पत्ती गुमाएकालाई छोरीको विवाहको चिन्ता

लहान, १४ चैत । छोरीको विवाहका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको सुरुङ्गा नगरपालिका– ९ प्रमाणपुरका एक परिवार