जैविक पर्यटकीय पार्कको डिपिआर तयार

भरतपुर,२२ माघ । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो ।

डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिए । बहुवर्षीय योजनाको रुपमा रहेको पार्क रु सात करोड ५० लाख लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने आचार्यले बताए । करीब रु १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो ।

निर्माणाधीन अवस्थामा नै तीन वर्षमा पार्क सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य भएको आचार्यले बताए ।

पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले रु तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन् । इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् ।(रासस)

एकबारको जुनीमा मन्त्री कि नेतृत्व परीक्षा ?

काठमाडौं । पञ्चायतकालको शाही नेपाल वायुसेवा निगम पनि गतिलो थिएन । त्यसले प्रगति गरेको होइन । समयअनुसार चलेको थियो, बस    त्यत्ति । बहुदलीय

प्रदेश सरकारको योजना : सबै स्थानीय तहमा पर्यटकिय पार्क 

काठमाडौँ । प्रदेश ३ सरकारले पर्यटन प्रवद्धनको लागि सबै स्थानीय तहहरुमा पार्क निर्माण गर्ने महत्वकांक्षि योजना बनाएको छ ।प्रदेशभित्रका एक सय १९ ओटा

 काँक्रेविहारलाई कसले बनायो निशाना, सुरक्षा व्यवस्था  फितलो 

सुर्खेत । अज्ञात समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ । वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित पुरातात्विक स्थल

‘हट केक’ सुधार्न पछिल्लो पहल, बन्यो एकमहिने कार्यदल 

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव