पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौ,२१ माघ । नेपाल राष्ट्र बैंकले आज रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बैंकले आइतबार ( हिजो) एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो ।

बैंकले आज बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।(रासस)

 विश्वकै ठूलो बैंकको नाफा २० अर्ब डलर

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा

 होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

टोकियो । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द

दूरसंचार कर नबुझाउने व्यापारीलाई प्रचण्ड र शशांकको संरक्षण

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरुको संरक्षण पाएका कतिपय व्यापारीले ठूलो परिमाणमा दूरसंचार कर नतिरेको देखिएको छ । त्यस्ता दूरसंचार

मीराको जीवन बदल्यो दुबोले

पोखरा । कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगँैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो