इन्धनको मुल्य बढ्योः निगमलाई कति नाफा ?

काठमाडौ,२० माघ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनले पढाएको पछिल्लो नयाँ मूल्य अनुसार निगमले गएराति (शनिवार राति) १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई–दुई रुपैयाँ बढाएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।। मूल्य बढेपछि पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ भएको छ।

शनिबार बढाइएको मुल्यबृद्धिसंगै आयल निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन् ।

निगमलाई खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३२ रुपैयाँ घाटा रहेको निगमको दावी छ ।

 करोडौं बिद्युत महसुल नतिर्ने उद्योगी अख्तियारको कठघरामा पर्दै

काठमाडौं,२ वैशाख । नेपालका नाम चलेका उद्योगी व्यवसायीले आफ्नो उद्योग कलकारखाना चलाउन प्रयोग गरेको बिजुलीको महसुल नतिरेको बुझिएको छ । उनीहरुले नेपाल

मलेशियाको कलिङ भिसाधारी ६४ ले पाए श्रम स्वीकृति

काठमाडौँ, २९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम

जुम्लामा ५८ किलोवाट विद्युत आयोजना निर्माण

जुम्ला, २९ चैत । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुने क्रममा छ

किड्नी फेरेका उद्योगपती दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । उद्योगपती दिवाकर गोल्छाको मंगलबार राती निधन भएको छ । भारतमा रहेका उनको त्यतै मृत्यु भएको उनको पारिवारिक श्रोतले बताएको छ । गोल्छा