नारीप्रधान समाज र मेरी माता

यो विशाल जनसङ्ख्याको प्रारम्भको इतिहास प्रायः अज्ञात छ । लामा कुराहरुतिर नलागी विचार गर्दा, पृथ्वीमा जीवनको उत्पत्ति भएको अत्यन्त दीर्घकालपछि १ लाख वर्षजति पहिले हाम्रो यो पृथ्वीमा रुखमा झुन्डिएर हातले गतिमान हुने जन्तु थियो । त्यो कालान्तरमा हाँगा छाडेर तल झ¥यो र पृथ्वीमा आफूलाई दुईवटा खुट्टामा उभ्यायो अनि हिँड्ने ‘मानव’को काम गर्न थाल्यो । आफ्ना दुवै हातलाई हिँडाइबाट मुक्त गरेपछि त्यो खडे मानवको शुभनामले हजारांै वर्षपछि प्रशंषित हुन थाल्यो । 

त्यही समय थियो, जहिले त्यो खडे मानवले स्वरको उच्चारण गर्दै र सुरुमा हा हा हु हु गर्दै चिच्याउन थाल्यो । कालान्तरमा खडे मानवको त्यो स्वरबाट ऊ को उच्चारण हुन थाल्यो । 

समयसँगै एक समान प्राणधारीहरु जम्मा भएर समाजलाई बर्बर अवस्थामा पु¥याउन सुरु गरे । त्यस्तो बर्बर अवस्थामा नारीको जिम्मामा गर्भ धारण गरेर शिशु जन्माउने, त्यसलाई हुर्काउँदै बढाउने, त्यसमा अक्षर वा वर्णको उच्चारण सिकाउने जस्ता काम परे । पुरुष समुदायले जङ्गलमा शिकार गरेर ल्याएका मांसपिण्डहरु आगाको जलजलाउँदो रापमा पोलेर आफू खानु, बच्चालाई खुवाउनु र शिकार गरेर ल्याउने पुरुषलाई अर्को शिकारका निम्ति सुसङ्गठित र बलियो तुल्याउन भोजन गराउनु पनि नारीकै काम भयो । 

मानव समाजको बर्बर अवस्थाको त्यो दीर्घकालिक युग बित्दै जाँदा मानव समूहले आफ्ना निम्ति बस्ने ठाउँ र त्यो ठाउँमा प्राकृतिक प्रकोपबाट आफ्नो सुरक्षा तथा आफ्नो जीवन आयुलाई लम्ब्याउने दिशामा सहायता गर्न आफ्ना निम्ति छाप्रा हाल्ने काम गर्न अनुभवद्वारा सिक्यो । त्यही समय थियो, जहिले मानवले पृथ्वीको माटोभित्र धातु रहेको फेला पार्न थालेको थियो । आफ्ना निम्ति चुलोमा आगो बाल्दा काठहरु खरानी हुन्थे । तर त्यो खरानी शान्त हँुदा त्यसको बीचमा निकै उज्याला दानाहरु फेला पर्न थाले । समय बित्दै जाँदा ती उज्याला र गह्रौं धातुका टुक्राहरु परस्परमा जोडिन थाले । त्यसरी जोडिएका पिण्डहरुमा ढुङ्गाले प्रहार गर्दा तिनले नयाँ आकृति र रुप पाउन थाले । 

छाप्राको उपयोग र धातुको प्रयोग सुरु भएपछि खडे मानवबाट बर्बर समाजमा उक्लिएको त्यो जनसमूहमा आविष्कारका निम्ति धातुको उपयोग बढ्दै जान थाल्यो । मस्तिष्कको चिन्तनप्रक्रिया, चिन्तन गर्ने बानी तथा आफूलाई अझ सभ्यता र संस्कृतिको धरातलमा माथि उठाउने सिर्जनात्मक क्रिया सुरु भएर मानव समुदायले दार्शनिक चरित्र प्राप्त गर्न थाल्यो । यो नयाँ चिन्तन प्रणालीले सत् र असत्, राम्रो र नराम्रो गर्न हुने र गर्न नहुने अर्थात् जीवनमा गर्नुपर्ने प्रक्रियाबारे आफंैमा ज्ञान प्राप्त गर्न थाल्यो । 

त्यसरी सभ्य मानिसको समाजले सांस्कृतिक र दार्शनिक आधारमा आफूलाई लाखौं करोडांै पुरानो जीवनधारी तथा पाप र पुण्यको सिर्जनाकर्ता, मानवमूल्यको संरक्षक र संवद्र्धक बनाउँदै लग्यो । त्यो नयाँ, सभ्य र सुसंस्कृत मानवले आफ्ना स्वरहरुमा वर्ण थपेर ती वर्णहरुलाई कमेरोको सेतो नत्र कोइलाको कालो डल्लोले रेखाचित्र नत्र लिपिचित्र र अन्त्यमा ज्ञानका शब्दचित्र बनाउन थाल्यो । यसो गर्दै मानव समाजले आफूलाई ज्ञानी प्राणीको उच्च स्थानमा स्थापित गर्न सक्यो । 

खडे मानव र मानव समाजको त्यस्तो विकास यस पृथ्वीमा कुनै एक ठाउँमा भएको होइन । मानव समुदायले मातृभूमिका सजिला ठाउँहरुमा जाने–आउने, बसाइँ सर्ने अभ्यास सुरु ग¥यो । वनमा फलेका फलहरु, मैदान, भीर र पाखामा उम्रिएर केही समयपछि खान योग्य हुने गरी पाकेका अन्न बालीहरुको उपयोग गर्नु त त्यो आदिम मानव समुदायको सुरुआती व्यवहार थियो नै, पछिपछि समुद्र र महासागरका किनारतिर पुगेर लहरसँगै बग्दै आएका, बाक्लो जटाधारी जुट नरिवल फोरेर त्यसभित्र रहेको सेतो स्वादिलो कुरो पनि खान थाल्यो । त्यस्ता फल कहाँबाट आउँछन् भन्नेमा मानवको जिज्ञासु दृष्टि समुद्रपारि पनि पुग्न थाल्यो । 

मानवमा सिर्जनशीलता र ज्ञानको उदय भइसकेको थियो । त्यसले काठको लौरोमा तीखो ढुङ्गा बनाउन सिकिसकेको थियो । त्यस्ता अस्त्रको उपयोग गरेर मानवले नरिवल फल्ने रुखलाई लडाएर त्यही रुखको पातलाई बाटेर बनाइएको डोरीले बाँधेर उडुप बनाई उडुपमाथि बसेर सामुद्रिक यात्राको आनन्द उठाउन र अनुभव गर्न थाल्यो । मातृभूमिमा रहेका नदीहरुमा माछा मार्ने काम त मानवले पहिले नै सिकिसकेको थियो, पछि सामुद्रिक यात्रामा भोजन सामग्रीको रुपमा माछाको उपयोग हुन थाल्यो । 

लामो सामुद्रिक यात्रामा जाँदा आगो मानव समुदायका निम्ति ठूलो आवश्यकता थियो । ताडको रुखबाट बनाइएको उडुपमा आगोलाई लामो अवधिसम्म जिउँदो कसरी राख्ने ? सामुद्रिक किनारका क्षेत्रमा रहँदा नै मानव समुदायले आगोसित जीवन र मृत्युसितझैं व्यवहार गर्न सिकिसकेको थियो । यसरी महासागर यात्रामा ती सागरगामी यात्रुहरुले आफूलाई जोगाउन थाले र नजानेकाहरु मृत्युमा पुग्न थाले । यस सङ्घर्षमा मृत्युमाथि जीवनले सर्वत्र विजय पाउँदै गयो । 

महासागर यात्रा गर्न सक्नुको अर्थ पृथ्वीको मौसम, वर्षा, पानी, सुक्खा र गर्मी, लामा वा छोटा दिन र रात तथा पृथ्वीको बनोट थाहा पाउनु पनि   थियो । महिनांैसम्म प्रकाशपुञ्ज सूर्य प्रकट नहुने अथवा प्रकट भएको सूर्य महिनांै महिनासम्म आकाशमा उदाइरहने ठाउँहरुमा टिक्न सक्नु आदिम मानव समुदायको दिनचर्याजस्तै हुन गयो । परिणाम के भयो भने मानव–मानवबीच अग्लो र होचो, कालो र गोरोजस्ता विशेषता बढ्दै गए । कपाल, छाला आदिको रङ्गका कारण मानवहरु विभाजित हँुदै गए । त्यस्तै भेदले गर्दा प्रदेशमा बस्नेहरुको बोली, भाषा, व्यवहारमा गम्भीर परिवर्तन हँुदै गयो । 

मानव समाजमा सभ्य युग सुरु धातु प्रयोगको थालनी भएपछि हो । र, धातु प्रयोगको युग आफ्ना विकासका चरणहरुबाट गुजिँ्रदै एउटा जनसमूह मध्य एसियाको गोभी मरुलछेउ पुग्यो । त्यसपछि बङ्क्षु र भद्रसोमा भनिने गरेको स्थलमा पुग्यो । त्यो प्रदेशमा बस्दाबस्दै त्यो जनसमूहमा भारोपेली जनसमूह, कालहरुको अफ्रिकाली देश समूह र मिसौटका अस्ट्रेलियाली जनसमूह विभाजित भयो । 

यही प्रदेशको वर्तमान उज्बेकिस्तानमा रहेको ‘खिभा’ नामक सानो नगरमा हिमाली उपमहादेशका प्रथम महापुरुष वैवस्वत् मनु जन्मिएका थिए । नारीप्रधान समाजले निकै अग्रणी स्थान प्राप्त गरिसकेको थियो । चन्द्र वंशका भनिएका र नारीप्रधान समाजकी महामातृका इलाबाट जन्मिएका पुरुरवा यहींका थिए । ती युवक पुरुरवा र उर्वशीबीच प्रेम सम्बन्ध स्थापित भएर यो हिमाली उपमहादेशको प्रमुख राजवंशावली सुरु भयो । त्यो प्रेम सम्बन्ध अन्त्यमा उर्वशीमा पुरुरवाको रक्तबलि दिनेमा परिणत भएको थियो । 

त्यसबेलासम्ममा त्यस प्रदेशमा भूमध्यसागरको उत्तरबाट सुरु भएको शिवको आराधना एलम्मा पनि आइपुग्यो । एलम्को दक्षिणी भाग हिमालय पर्वतमा मुख्य जननेताकी छोरी पार्वतीसित शिवको सम्बन्ध जोडिएर ती दुई जनाको सन्तानका रुपमा गणपति गणेश तथा स्कन्द कार्तिकेयको जन्म भएको थियो । 

नारीप्रधानताको त्यो युग र त्यो समाज हिमालयको दक्षिणतिर बढ्दै गयो । अन्त्यमा तिनीहरुले भारतको विन्ध्य पर्वतको उत्तरतिर गुजरातको छेउमा, अहिले नाउँ दिइएको मोहन्जो दारो ( मूर्दाहरुको ढिस्को), पन्जाबको दक्षिण र दिल्लीको पश्चिमतिर रहेको हरप्पा तथा दिल्लीबाट केही दक्षिणतिर वर्तमान अजमेरमा रहेको कालिबङ्गा नामक नगरको निर्माण गरेका थिए । आजका पुरातत्ववेत्ताहरुको भनाइ अनुसार, यी तीन नगरहरुको प्रदेशभित्र ८०० वटा मानवबस्तीका छाप्राहरु थिए । 

महाभारतले यी तीन नगरको सोझै उल्लेख गरेको त छैन तर प्रकारान्तरले भनेअनुसार, त्यो प्रदेशका तीन जना गैरआर्य समुदायका युवकहरुले देवताहरुसित वरदान रुप मागे; फलस्वरुप १,००० वर्षपछि तिनीहरुबीच एकता हुन थाल्यो; त्यसैबीच देव सेनापति स्कन्दकात्र्तिकेयको नेतृत्वमा ती तीन शहर ध्वस्त पारिए । 

त्यसरी अज्ञात भूतकालदेखि एसियाको एलम्सम्म र त्यहाँबाट हिमालयतिर अघि बढेर उत्तर भारतको सँैधव सभ्यताका तीन प्रमुख नगर नारमिणी, हरियुपिया र कालिबङ्गाासम्म आइपुग्दा वाणीयुक्त सामाजिक प्राणी (होमोसेपियन) देखि लिएर शिव–पार्वती, लक्ष्मी–नारायण, नल–दमयन्ती, सावित्री–सत्यवान् आदिका रुपमा यो विशाल क्षेत्रका नारी र पुरुषका आधारभूत सामाजिक संस्कार र संस्कृतिको बिकास हुँदै आएको थियो । 
सत्य हो, ती लाखौं–करोडांै नरनारीका दाम्पत्य जीवनबारे, ती नरनारीका आफ्ना वंश– परम्पराबारे यस क्षेत्रका आफ्नो समयका विद्वान् मनुष्यहरुले आफ्नो सम्झनामा सम्हालेर राख्नुबाहेक केही लेखेनन् । निकै पछिल्लो समयमा आएर ऋगवैदिक समयमा, मनु र याज्ञवल्क्यको समयमा नरनारीबीच दाम्पत्यबारे केही सम्झना, केही अभ्यर्थना र केही पूर्व– इतिहासका घटनाबारे चर्चा गर्न थालियो । 

भारत र नेपालमा वर र वधूको विवाह हुँदा अनुशरण गरिने वैदिक विवाह पद्धति नर र नारीको वंश–परम्पराको प्राचीन कालदेखिको चर्या हो । यो विवाह पद्धति ऋगवेद र अथर्ववेदका मन्त्रहरुको अनुशरण गर्दै आकाशमा रहेका नक्षत्रहरुका क्रमले दम्पतिका वंश–परम्परामा अगाडि बढ्दै जान्छ । त्यसै क्रममा विवाह पद्धतिमा सात मण्डलमा क्रमैले अग्नि, अत्रि, अगिना, विश्वामित्र, व्यास, भारद्वाज र दुर्वासा ऋषिको सम्झना गर्दै आफ्नो वंशलाई उज्ज्वल राख्ने चेष्टा गर्छन् । हुँदाहँुदा वैदिक विवाह पद्धतिमा आदित्य दुहिता, शैलराज दुहिताको दाम्पत्य जीवनलाई सम्झना गर्दै, नयाँ दम्पतिलाई आशीर्वाद दिने नाउँमा इतिहासमा निकै प्रशिद्ध र विख्यात भइसकेका संवरण र पतिलाई सम्झना गर्दै अति प्राचीन विख्यात दम्पति इन्द्र र इन्द्रायणी, दशरथ र सीता, रावण र मन्दोदरी, बालि र तारा, नल र दमयन्ती, सुदास र मदयन्ती, पुरुरवा र उर्वशी,पुरुकुत्स र नर्मदा, शन्तनु र गङ्गा, धृतराष्ट्र र गान्धारी, पाण्डु र कुन्ती, पाण्डवहरु र द्रौपदी, भीमसेन र हिडिम्ब, अर्जुन र सुभद्रा, दुर्योधन र भानुमति आदिको सम्झना गर्दै तिनकै गीत गाइन्छ । यसकारण नारीको वंश–परम्पराबारे कतै उल्लेख नभए पनि उपर्युक्त चलनका माध्यमले, नारी र पुरुष दुवैको वंश–परम्परा युगानुकूल सम्मिलित छ भनी हामी ठहर गर्न सक्छांै ।

यो हिमाली उपमहादेशमा वैदिक विवाह पद्धति गत २,००० वर्षदेखि बिकसित हुन थालेको हो । यो विवाह पद्धतिमा कन्यापक्षको ठूलो प्रशंसा गरिएको छ । 

आज हामीले हेर्दा, यो हिमाली उपमहादेशमा नारीको महानता र सर्वमान्यतामा हजारौं लाखौं वर्षदेखि मातृत्वको स्नेह, करुणा, ममता, वात्सल्य, विश्वका सबै प्राणधारीहरुप्रति द्वेषरहित र मित्रतापूर्ण व्यवहारले प्रमुख भूमिका खेलेको छ । सबैप्रति करुणायुक्त, ममत्वयुक्त र सुख–दुःखमा सबैप्रति एक समान व्यवहार नै नारीको निरन्तरको वंश–परम्परा हो । 

त्यो अति मानवीय स्वच्छ र अति ग्राह्य वंश–परम्परामा नेपालको नारी समुदाय सदाकालदेखि हार्दिक संवेदनशील रहने गरिआयो । मेरो माताजीमा त्यो कहिले पूर्ण मात्रामा र कहिले आंशिक तवरमा रहने गरेको अनुभव गरेको थिएँ । माताजीका अन्तिम वर्षहरुमा, विशेष गरी संवत् २००८ सालदेखि २०१४ सालको नाग पञ्चमीसम्म मैले त्यो करुणाभाव उहाँमा सधैं देख्ने गरें । वीरगन्जकी ती युवतीसित पिताजीको संलग्नता अमान्य रुपमा बढ्दै गएको थियो । पिताजीसित हाम्रो परिवार त्यसकारण निकै विग्रहयुक्त, असन्तुष्ट र क्रुद्ध हुने गरेको थियो । माताजीमा उहाँप्रति असन्तोष र अमान्यता निकै बढेको थियो । तथापि माताजीले कहिल्यै आफ्नो अन्तरहृदयको असन्तोषलाई हाम्रो परिवारका निम्ति घातक रुपमा प्रकट हुन दिनुभएन । भर्खरै विश्वविद्यालय शिक्षा समाप्त गरेको ममा भने पिताजीको दुव्र्यवहारप्रति कडा क्रोध नै रहने गरेको थियो । पिताजीले बनारस र बारा जिल्लाका गाउँहरुमा रहेका घर तथा कृषि जमिनबाट हामीलाई वञ्चित गर्ने कुचेष्टा गर्नुहँुदा पनि माताजीमा भने प्रबल सहिष्णुता र शान्तिको मनोभाव कायम रह्यो । उहाँको त्यो शान्ति जीवनको अन्तिम दिनसम्म अटुट रहेको मैले सधैं अनुभव गर्ने गरेको थिएँ । 

माताजीले पैंतालीस वर्षको विवाहित जीवन बिताउनुभएको थियो । मेरा पितामहको त्यो विशाल परिवारमा उहाँ एक्लैजस्तो रहने गर्नुभएको थियो । उहाँको जीवनमा केही समय सुखका तर अत्यधिक समय दुःख र पीडाका थिए । उहाँले आफ्ना नौ सन्तानको पालनपोषण, शिक्षादीक्षा र विवाह गराउने कर्तव्यको पालना प्रबल धैर्य र आनन्दानुभूतिका साथ गर्नुभएको थियो । मैले हेर्दा जीवनको अन्त्यमा पनि उहाँ उत्तिकै आनन्दपूर्ण र सुखानुभूतियुक्त रहने गर्नुभयो ।
(दीक्षितको हालै बजारमा आएको पुस्तक ‘मेरी माता’बाट)
 
 

बिर्सन लागेको पलेँटी फेरि शुरु हुने  

 काठमाडौं। नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुन

 विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

विराटनगर । यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।  आरोहण विराटनगरद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा

 गायक  पशुपति  शर्माको गीत पुनःयूट्युबमा राख्न माग 

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट...’ शीर्षकको

प्राथमिक कक्षा पढेका २० महाकाव्यका स्रष्टा

भनिन्छ शिक्षा र ज्ञान आफैंमा एउटा अनन्त सागर हो । पुस्तकका पानाहरूमा सीमित कुराहरू मात्र शिक्षा वा ज्ञान मानिंदैन । शिक्षालाई कुनै सीमामा बाँध्नु