रहेनन् कलाकार राणा

काठमाडौँ, १८ माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले बताए।

करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए। राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौं चलचित्रमा अभिनय गरेका छन्। 

उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन्। 

काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए। उनका श्रीमती र तीन छोरी छन्। उनका छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ । रासस 

  मेरी ‘सुजाता’लाई शुभकामना !

  सोचेको होलाऊ तिमीले प्रिया, म चोट र पीरमा चुर्लुम्मै डुबेर हतास र दुःखी छु भनि– सोचेको होलाऊ तिमीले प्रिया, नशाको वेहोसी हालतमा अर्धचेतन वनि

इलाममा दुइ दिने साहित्य महोत्सव शुरु : नेपाली भाषाले एकता बलियो बनाएको नेम्बाड.को भनाई

इलाम, २४ चैत । इलामको देउमाई नगरपालिकाको मंगलबारेमा ‘देउमाई साहित्य महोत्सव २०७५’ शुरु भएको छ  । दुइ दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्व

बजारमा आयो पहाडीको नयाँ कृति

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ ।  यसअघि प्रकाशित भैसकेका

पलेँटीमा आभासको सांगीतिक यात्राको संघर्ष

  काठमाडौं । शनिबार संगीत साधनाका विभिन्न कोणहरुबाट आफूलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभासले अन्तरालपछि फेरि शुक्रबार आफूलाई पलेँटीका