महाभारतको शिक्षा : यी नौ काम कहिल्यै नगर्नू !

काठमाडाैं ।  महाभारत साथै अन्य धर्मग्रन्थहरुमा केही यस्ता काम उल्लेख छन्, जुन मानव जीवनमा गर्न नहुने भनी नैतिक शिक्षाको रुपमा ब्याख्या गरिएको छ ।

धर्मग्रन्थ अनुसार यस्ता काम गर्दा पाप लाग्ने विश्वास पनि गरिन्छ । महर्षि वेद व्यासले महाभारतको १८ पर्वमा अलग अलग पात्रको संवाद मार्फत यस्ता केही काम मानव जीवनमा गर्न हुने र नहुने भनी छुट्याएका छन् ।

महाभारतमा पाप र पुण्यका अलग अलग फल समेत मिल्ने पनि दावी गरिएको छ । उक्त ग्रन्थका अनुसार हरेक मानिसलाई पाप र धर्म के हो भन्ने नैतिक शिक्षा थाहा पाउनु जरुरी ठानिएको छ । हिन्दु धर्मावलम्वीको आस्थाको स्रोत मानिने महाभारतले धर्म वा पापको रुपमा गरेको ब्याख्या आधुनिक मानव जीवनका लागि समेत नैतिक शिक्षा हुने टिप्पणी हुँदै आएको छ ।

– महिलाको अपमान गर्नु पाप हो । साथै गर्भवती र महिनावारीको समयमा कुनै महिलालाई अपमान गर्नु त महापाप नै हो । यदी यस्तो काम कुनै व्यक्तिले गर्छ भने उसलाई कहिल्यै सुख मिल्दैन ।


– अरुको धन पाउने इच्छा पनि पाप हो ।


– कोही असल मान्छे वा जीवलाई अनाहकमा दुख, कष्ट दिनु, नोक्सान पुर्याइदिनु, उसलाई अप्ठ्यारो पार्नु पनि पाप हो ।


– सही र गलत थाहा पाउँदा पाउँदै पनि गलत काम गर्नु पाप हो ।


– पर–स्त्री वा पर–पुरुषप्रति नकारात्मक नजरले हेर्नु वा उनीहरुलाई पाउने कोसिस गर्नु पनि पाप हो ।


– गकसैप्रति षड्यन्त्र गर्नु, अरु विरद्ध छलकपट रच्नु पाप हो ।


– साना बालबालिका, महिला र आफू भन्दा कमजोर मान्छेमाथि हिंसा गर्नु, असामाजिक काम गर्नु पाप हो ।


– गुरु, माता, पिता, पत्नी वा पूर्वजहरुको अपमान गर्नेहरुलाई पनि क्षमा मिल्दैन ।


– नशा लिनु, दानबाट आएको रकम फिर्ता लिनु पनि पाप हो । कुनै पनि किसिमका असामाजिक काम गर्नेलाई पनि सुख हुँदैन ।

(अन्नपूर्ण पोष्ट/एजेन्सीबाट)

म्यानमारको बौद्ध विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

लुम्बिनी, ९ फागुन । म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने

यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित

काठमाडौं । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ ।  बुधबार बसेको

शंकरदेव क्याम्पसले फेरिदियो माधवको कहानी

काठमाडौं । यो कथा हो एकजना युवाको,जो जुँघाको रेखी बस्दानबस्दै घरबाट भागेर काठमाडौं पसेका थिए । साधारण लेखापढा यी युवकले फुटपाथको जीवन भोगे अनि शहरका

अनुपम छ दर्शनको अलौकिक आनन्द

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको