क्यान इन्फोटेक वीरेन्द्रनगरमा हुने

सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) सुर्खेतको आयोजनामा फागुन २४ देखि २८ गतेसम्म ‘आइएमई पे इन्फोटेक’ सञ्चालन हुन लागेको हो । 

क्यान महासङ्घले कर्णालीमै पहिलोपटक रोबोटबाट इन्फोटेक उद्घाटन गर्ने जानकारी दिएको छ । कर्णालीका १० जिल्ला सहभागी रहने इन्फोटेकमा करीब ७० कक्ष तथा नेपालमा भित्रिएका नवीनतम प्रविधिको प्रदर्शनी मुख्य आकर्षण हुने क्यान सुर्खेतका अध्यक्ष पे्रमप्रकाश चन्दले बताए। इन्फोटेकमा मेलाभित्र आइसिटी कन्फरेन्स, आइटी वर्कसप डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुनेछन् । 

कर्णालीको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसँग जोड्नुका साथै मुख्य पर्यटकीय आकर्षण काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै, गोठीकाँडा, घण्टाघर, भेरी कर्णाली नदी, जाजुरा दह, रारा, थारू घरबासलाई प्रविधिमा जोडेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ । 

आयोजकका अनुसार नयाँ प्रविधिसहितका प्रदर्शनीमा पाँचदेखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत शिविर, अन्तर विद्यालय प्रविधि प्रतियोगिता, विज्ञान प्रर्दशनी र फ्रि वाइफाइ जोन मुख्य आकर्षणका रूपमा रहनेछन् । ‘आइएमइपे’मार्फत अनलाइन टिकटको व्यवस्था गरिनेछ । यसअघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । रासस

 नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

  ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा

वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन ।  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको

फोल्ड गर्न मिल्ने स्मार्टफोन बनाउने सामसुङ पहिलो कम्पनी

सानफ्रान्सिस्को, ९ फागुन । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

अमेरिकी बजारमा भिडियो गेमको व्यापार अर्बौ डलर

सान फ्रान्सिस्को, १० माघ । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब