गोल्डेन ह्याण्डसेकमा औषधि सुविधा माग्दै अस्थायी शिक्षक आन्दोलनमा

काठमाडौं । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । 

उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् । 

शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा असफल भएका र भाग नलिएका अस्थायी शिक्षकको समूह ‘अस्थायी करार शिक्षक सङ्घर्ष समिति’ ले आफूहरुको भावी रोजगारीको सुनिश्चित माग गर्दै मंगलबारदेखि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना शुरु गरेको हो । 

नेपाल सरकारले शिक्षक समुदायसँगको सहमति कार्यान्वयनका क्रममा शिक्षा ऐन ९२०२८० को आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाको मौका दिई परीक्षाफल प्रकाशन भइरहेका बेला नवगठित समितिले सो माग अघि सारेको हो । 

परीक्षामा अनुत्तीर्ण हुने वा भाग नलिनेलाई सेवा अवधिका आधारमा उपदान सुविधा दिन सरकार तयार भएपनि सङ्घर्ष समितिले आफ्नो आगामी रोजीरोटी के हुने ? उपदान सुविधामा औषधि उपचार पाउने वा नपाउने र सो रकम कहिले पाउने भन्ने प्रश्न तेस्र्याएका छन् । अस्थायी शिक्षकको यो मागमा कार्यरत करार शिक्षक पनि मिसिएका छन् । 

सङ्घर्ष समितिमा आबद्ध शिक्षक रामकृष्ण पाण्डेले आफूहरुले विभागमा ज्ञापनपत्र बुझाएको जनाउँदै माग पूरा हुने आशा व्यक्त गरे । पाण्डेका अनुसार समितिमा करीब १२ हजार अस्थायी र करार शिक्षक आबद्ध छन् । विगतको सहमति र कानून संशोधनमा करार शिक्षक समावेश   थिएनन् । 

गत वर्षको असार ९ गतेको नेपाल सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको चार बुँदे सहमतिका आधारमा सबै जिल्लाबाट रिक्त शिक्षकको विवरण माग गरी शिक्षक सेवा आयोगले आन्तरिक परीक्षा शुरु गरेको हो । 

सरल प्रश्नका आधार लिइएको परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने उत्तीर्ण भई स्थायी हुनेछन् । सहमतिबमोजिम २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कूल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्लातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद सङ्ख्या समायोजन भएको थियो । 

त्यसबेला कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दी कायम गरिएको थियो । काठमाडौँ उपत्यका बाहिर रहेका विभागका महानिर्देशक बाबुराम पौडेलले उक्त मागका बारेमा आफूले अध्ययन गर्ने तर कानूनी प्रबन्धभन्दा बाहिर गएर सेवा सुविधा दिन नसक्ने स्पष्ट गरे। 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विगतको सहमतिभन्दा बढी माग्नु उपयुक्त नहुने भन्दै नयाँ आन्दोलन सान्दर्भिक नहुने तर शिक्षा ऐन संशोधनअनुसार बिदा हुने शिक्षकलाई तत्काल सुविधा दिई रिक्त पद समायोजन गरी चाँडो खुल्ला परीक्षा हुनुपर्ने प्रतिक्रिया दिए। 

आयोगका प्रशासकीय प्रमुख डा तुल्सीप्रसाद थपलियाका अनुसार आन्तरिक परीक्षाको सबै तहको लिखित परीक्षाको नतिजा प्रकाशन भई अन्र्तवार्ताको क्रम आउँदो फागुन पहिलो सातासम्म पूरा हुनेछ । त्यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ । 

कूल २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दरखास्त नपरेपछि बाँकी हुन आउने पदमा परीक्षा लिइएको थियो । आयोगका अनुमानअनुसार परीक्षामा असफल र सामेल नभई करीब चार हजार ५०० शिक्षक बिदा हुनेछन् । (राससमा प्रकाश सिलवाल)

कामपाको संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौँ, २७ चैत । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ

सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन जेठमा 

             काठमाडौँ, २६ चैत । आगामी जेठमा काठमाडौँमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रस्तरीय युवा वैज्ञानिक सम्मेलन हुने

सुप विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन

कञ्चनपुर, २४ चैत । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण

त्रिविको ट्रान्सक्रिप्ट २४ घण्टामै

काठमाडौँ, २० चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको