प्रतिपक्षीको माग सुन्न सभामुखको रुलिङ्ग

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारलाई रुलिङ्ग गरेका    छन् ।

प्रतिनिधिसभाको सोमबार दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक रुलिङ्ग गरेपछि पनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो । सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए। 

प्रतिनिधिसभाको पहिलो बैठकमा काङ्ग्रेसले आफ्ना नेताका नाममा स्थापना भएका अस्पतालको बारेमा निर्णय नभएको भन्दै आपत्ति जनाएको   थियो । काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा गुनासो गरेका थिए। 

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । राससका अनुसार, यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । 

यसकारण जनायो थारू सम्मेलनमा नेकपाले असहमति

  भजनी, ४ भदौ । यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठनले असहमति जनाएका छन्

भारतिय विदेशमन्त्री र प्रधानमन्त्रीबिच भेटवार्ता 

  काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकरले भेटेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा

संसदीय समितिले दिएका निर्देशन सरकारले पालन गर्नुपर्छ : प्रतिवेदन

  काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान

रवीन्द्र अधिकारीकाे क्षेत्रमा उपनिर्वाचन चर्चाः साझा उम्मेदवारको खोजी

कास्की, ४ भदाै । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते