यमन सैन्य शिविरमा ड्रोन आक्रमण

यमन, २७ पुस । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ ।

संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो ।

गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ ।

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो ।

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । एपी

भारतमा भएको डुङ्गा दुर्घटनामा १६ को मृत्यु

नयाँ दिल्ली । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या बढ्दै, हालसम्म ८५ पुगेको जानकारी

मेक्सिको सिटी, ७ माघ । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर

फ्रान्सको रोचक प्रस्ताव जापानलाई, रेनल्ट र निशानलाई एउटै बनाउने

पेरिस, फ्रान्स, ७ माघ । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी

मालीमा शान्ति सेनामाथी आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

काठमाडौ,७ माघ । अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि आतंकवादी समुहले आक्मण गर्दा १० जना शान्ति सैनिकको मृत्यु भएको छ । मालीको